सिन्धुपाल्चोकमा थप ७८९ मोहि निवेदन पेश



लोकप्रिय समचार दैनिक चौतारा , सिन्धु पाल्चोक जिल्लामा मोहि बाँडफाँडको लागी थप ७८९ जनाको निवेदन पेश भएको छ ।
नेपाल राजपत्र भाग ५ मिति २०७४ ÷७÷२४ मा जारी सूचनामा जग्गामा रहेको दोहोरो स्वामित्व अन्त्य गर्ने उदेश्यले मोहि लागेको जग्गा मोहि र जग्गा मोहि र जग्गा धनी बीच बाँडफाँड गर्ने मिति २०७५ भाद्र ४ गतेसम्म रहेको थियो । निवेदन पेश गर्ने म्याद सकिनै लाग्दा निवेदन पेश गर्न जिल्लाको हेलम्बु गाउँपालिका मेलम्ची नगरपालिका पाँचपोखरी थाङपालधाप गाउँपालिका इन्दावती गाउँपालिका ,बाह्रविसे नगरपालिका,चौतारा साँगाचोकगढी नगरपालिका बाट मालपोत कार्यालयमा मोहि नामसारी र बाँडफाँडको निवेदन दर्ता गर्न आएका थिए । जम्मा ७८९ दर्तावाल मोहि किसानहरले निवेदन दर्ता गराएका थिए भने वडा तहमा ५९० जना मालपोत कार्यालयमै आएर ९७ जना दर्तावाल मोहि किसानहरले निवेदन दर्ता गराएका छन् । यस अगाडि मालपोत कार्यालयमा ३६७ जनाको मोहि निवेदन दर्ता भएको थियो ।बर्खा र बाटोका कारण मालपोत कार्यालयमा आउन नसकेका हेलम्बु गाउँपालिका,थाङपालधाप गाउपालिका र मेलमची नगरपालिकामा नै वडा कार्यालयहरुले किसानहरुको सहजताका लागी निवेदन बुझिलिएका थिए । मेलम्ची नगरपालिका वडा नं ३ हैबुङमा करिब ५९० निवेदन दर्ता भएको वडा अध्यक्ष बसन्त गुरुङले बताउँनु भयो  । राष्ट्रिय भूमि अधिकार मञ्चले निवेदन पेश गर्नको लागी किसानहलाई वडा र पालिका सँग छलफल,निवेदन पेशका लागी विभिन्न स्थानहरुमा शिविरको आयोजना समेत गरेको थियो ।
हाल मञ्च सँग कुनै पनि स्रोत तथा परियोजना नभएकाले यस प्रक्रियामा स्थानिय रेडियो तथा पत्रपत्रिकाले निशुल्क समचार तथा सूचना प्रसारण गरि यस अभियानलाई सहयोग पु्याएको थिए । मालपोत कार्यालय सिन्धुपाल्चोकको अभिलेख अनुसार ३५२३ जना दर्तावाल मोहि किसानको छन् । २०५४ असार २३ गते भित्र सम्बन्धित गाविस वा नगरपालिकामा कुत कबुलियतनामा पेश गरी त्यसको प्रमाणित प्रतिलिपि भूमिसुधार कार्यालयमा बुझाएका जोताहले हक प्राप्त गर्न सक्छन् । त्यसै गरी १ नं.लगत र २ नं अनुसूचि प्राप्त गरेका तर फिल्डबुक र जग्गा धनी पुर्जामा नाम उल्लेख नभएका मोहिहरुले पनि यस ब्यवस्था अनुसार मोहि हक प्राप्त गर्न सक्नेछन् ।
भूमि सम्बन्धि ऐन २०२१ छैटौ संशोधन २०७२ ले रोकिएको मोहि जग्गा बाँडफाँड हुने ब्यवस्था गरेको छ । यो ब्यवस्थालाई कार्यन्वयनामा लैजना भूमि सम्बन्धि नियमहरु (सोह्रै संशोधन ) र मोहि लागेको जग्गा बाँडफाँडका लागी निवेदन दिने र बाँडफाँड गर्ने सम्बन्धि सूचना २०७३ भदौ ६ गतेको नेपाल राजपत्रमा प्रकाशन भएको भएको थियो । मोहि जग्गा बाँडफाँड तथा नामसारीका लागी जिल्ला भूमि अधिकार मञ्चले सहजीकरण गरिरहेको छ । मोहि जग्गा बाँडफाँडको लागी भूमि अधिकार मञ्चले मोहि किसानहरुलाई सूचना दिने गाउँ भूमि अधिकार मञ्चमा छलफल गर्नेपत्रिका तथा ,रेडियो बाट सूचना प्रशारण ,मोहि जागरण यात्रा,मोहि शिविर मार्फत मोहि बाँडफाँड तथा नामसारी सम्बन्धि मोहि किसानहरुलाई जानकारी जानकारी दिएको थियो । गाउँ गाउँमा मोहि बाँडफाँड र नामसारी सम्बन्धि आवश्यक कागज पत्र छपाएर सजिलोको लागी वडा मुचुल्का,मोहि लगात कट्टा,मोहि बाँडफाँडको निवेदन,फिल्डबुक उतार,जग्गा धनी प्रमाण पुर्जाको श्रेष्ता उतार,नक्सा उतार ,नामसारीको लागी वकिउलहरुको सहयोगमा खातका तयार पारी छपाएर निशुल्क वितरण गरेको थियो । २०५३ असार २३ गते पछि प्रमाण भएर पनि छुटेका मोहि किसानहरुको लागी मोहि बाँडफाँड नेपाल सरकाले खुलाउनु पर्ने भन्ने विषयमा भूमि अधिकार मञ्चले १ दशक देखि मोहि अभियान सञ्चालन गदै आइरहेको थियो । लामो समय देखि अभियान सञ्चालन गदै आइरहको भए पनि मोहि किसानहरु सँग भएको मोहियानी हक सम्बन्धि प्रमाण मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पमा परेर नष्ट भएको र सरकारले भूमि सुधार कार्यालयलाई मालपोत कार्यालममा गाभेको र भूमि सुधारमा भएको मोहिहरुको प्रमाण किरा लागेर नबुझ्ने भएको र मुसाले खाएर आधा पारेकाले निवेदन पेश गर्न आएका मोहि किसानहरु निराश भएर फर्केका थिए । जति मोहि किसानले निवेदन पेश गर्नु पर्ने हो त्यति पेश हुन नसकेको भूमि अधिकार मञ्चको जिल्ला संयोजक माधब ढकाल बताउँनु हुन्छ । यदि सिन्धुपाल्चोकको भूमि सुधारमा रहेका कागज पत्र र यस अगाडि मोहि किसानहरुले दर्ता गराएको निवेदनहरु भूकम्पमा परि नष्ट नभएको भए  मोहि  सिन्धुपाल्चोकका ३५ सय २३ घर परिवारले मोहि हक प्राप्त गर्न सक्ने दाबी भूमि अधिकार मञ्चको संयोजक माधब ढकालले  बताउँनु भएको छ।

,