नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद्,जिल्ला युवा समितिको कार्यालय ,सिन्धुपाल्चोकको संयोजनमा लोकदोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ ।
१९ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकामा सो कार्यक्रम संचालन गरिएको हो । जिल्ला युवा समितिको अध्यक्ष शशिनाथ आचार्यको अध्यक्षतामा संचालित यस प्रतियोगिता जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङको प्रमुख अतिथि,चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख अमानसिंह तामाङ र जिल्ला प्रमुख कृष्णप्रसाद अधिकारी को विषेश आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्लाको बाह्रविसे नगरपालिका,बलेफी गाउँपालिका,चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिका बाट सहभागि भएको थियो ।
युवाको लागि सुरक्षित वातावरण भन्ने मुल नाराको साथ सु–सम्पन्न यस लोकदोहोरी प्रतियोगितामा समृद्ध सिन्धुपाल्चोक निर्माणमा युवाको भुमिका विषयक लोकदोहोरीमा प्रथम स्थान मेलम्ची नगरपालिका ,द्धितिय स्थान चौतारा साँगाचोकगढी नगरपालिका र तृतिय स्थान बलेफी गाउँपालिकले हासिल गरेका थियो । विजेताहरुले नगद पुरस्कार क्रमश १५ हजार, १० हजार र ५ हजार प्राप्त गरेका छन ।
सो कार्यक्रमका चर्चित कलाकारहरु इन्दिरा गोले गुरुङ,रमिला न्यौपाने,भिमसेन खतिवडा ,योगेश तामाङ, सुर्यमणि आचार्यको साथमा अन्य कलाकारहरुको बेजोड प्रस्तुतिकरण रहेको थियो । यसै कार्यक्रमको साथ जिल्लाको विभिन्न विधाको ३ जना सफल उद्यमी तथा व्यवसायिहरुलाई सम्मान गरियो सम्मान हुनेहरुमा राष्ट्रिय लोक तथा दोहोरी गायक सुर्यमणि आचार्य,जिल्ला लघु उद्यमी संघको अध्यक्ष सानुमाया गुरुङ ,द्धन्द्ध रुपान्तरण तथा मेलमिलाप अभियानता नेत्र धिताललाई युवा प्रतिभा पुरस्कार २०७५ ले सम्मन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ,विशेष अथिति ,अतिथिहरुले युवा क्षमता अभिवृद्धि कार्यक्रम आगामी दिनमा पनि गर्ने धारण व्यक्त गरेका छन् । जिल्ला युवा समिति, सिन्धुपाल्चोकले संयोजन गरेको कार्यक्रमको आयोजना जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका, स्थानीय गैर सरकारी सस्थाहरु र अन्तराष्टिय गैर सरकारी संस्था तथा संचार माध्यमहरुको सहकार्य, साझेदारीमा सम्पन्न गरिएको थियो ।
स्थानीय तह स्तरीय लोक दोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न
[email protected] Powered by Blogger.
