सुरक्षित पानी सम्बन्धी कविता प्रतियोगिता

देवराज सुवेदी/मेलम्ची- मेरो स्वास्थ्यका लागि सुरक्षित पानी शीर्षकमा क्षेत्रगत कविता प्रतियोगिता सकिएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा शुक्रबार दुवाचौर, तालामाराङ र ईचोकमा कविता प्रतियोगिता भएको हो ।


बालसुधार माध्यामिक विद्यालय दुवाचौरमा भएको प्रतियोगितामा पाल्चोक माध्यामिक विद्यालय ककनीकी विष्णुमाया तामाङ पहिलो, जयबागेश्वरी माध्यामिक विद्यालय पाल्चोककी नविना खड्का दोस्रो र बालसुधार माध्यामिक विद्यालयकी निर्जला श्रेष्ठ तेस्रो भएका छन् । उक्त प्रतियोगितामा पाल्चोक, जयबागेश्वरी, बालसुधार र जलवाइदेवी मावि तथा ज्योतीभञ्ज्याङ आधारभुत विद्यालयका ५ छात्र र ५ छात्रा गरी १० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै तालामाराङको जागेश्वरी आधारभुत विद्यालयमा भएको प्रतियोगितामा पञ्चकन्या आधारभुत विद्यालयकी नम्रता आचार्य पहिलो, जागेश्वरी आधारभुत विद्यालयका विनोद तामाङ दोस्रो र बतासे माध्यामिक विद्यालयकी मनिषा तामाङ तेस्रो भएकी छिन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा पञ्चकन्या र जगेश्वरी आधारभुत विद्यालय तथा बतासे माध्यामिक विद्यालयका ३ छात्र र ३ छात्रा गरी ६ जनाको सहभागिता रहेको थियो ।

महाँकाल, इचोक र हेलम्बुका लागि महेन्द्र माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा गोल्मादेवी माध्यामिक विद्यालयका डेबिड दाहाल पहिलो, महेन्द्र माध्यामिक विद्यालयका अखिल के.सी. दोस्रो र गोल्मादेवीकै छेन्जुम ह्योल्मो तेस्रो भएकी छिन् । उक्त प्रतियोगितामा महेन्द्र, गोल्मादेवी र सरस्वती माध्यामिक विद्यालय तथा महाकालेश्वरी आधारभुत विद्यालयका ४ छात्र र ४ छात्रा गरी ८ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार स्वरुप पानी छान्ने फिल्टर तथा प्लास्टिकको बोतल उपलब्ध गराईएको कार्यक्रम अधिकृत विनोद शर्माले जानकारी दिनुभयो । साथै सबै सहभागी विद्यार्थीलाई २ लिटर क्षमताको विजुलीबाट पानी तताउने जग उपलब्ध गराइएको उहाँको भनाइ छ ।

तीन ठाउँमा भएको प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाए पनि तेर्से माध्यामिक विद्यालय र सर्वोदय प्रश्तावित माध्यामिक विद्यालय भने सहभागी नभएको अधिकृत शर्माले बताउनुभयो । कारितास स्विटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालिन सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुनस्थापना परियोजना अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको मञ्चले जनाएको छ । 

,