निर्माण कम्पनीहरुले यथाशीघ्र भवन निर्माण गर्नुपर्ने

जिल्लामा रहेका विद्यालयहरुको पुनर्निर्माणको लागि केन्द्रिय आयोजना इकाई बानेश्वरबाट टेण्डर आव्हान गरेर भवन निर्माणको जुटेका निर्माण कम्पनीहरुलाई यथासिघ्र भवन निर्माण गर्नुपर्ने भएको छ ।
काममा ढिलासुस्ती हुन नदिन र जिल्लाका सबै विद्यालयहरुको भवन निर्माण गरेर शिक्षाको विकासमा अगाडी आउनका लागि भवन निर्माणमा भएको ढिलाईका कारण समस्या परेको सरोकारवालाहरुले बताइरहँदा यस्तो निर्णय भएको हो । जिल्ला कार्यन्वयन आयोजना इकाई सिन्धुपाल्चोकको प्रमुह कृष्ण सुवेदिको अध्यक्षतामा शुक्रबार शिक्षा विकास इकाईमा बसेको निर्माण व्यवसायीहरुको बैठकमा यस्तो निर्णय भएको हो ।
म्याद सकिएका निर्माण कम्पनीले म्याद थप गरिने र सकिन बाँकी भएकाले यथाशीघ्र भवन निर्माण गरेर छिटो भन्दा छिटो विद्यालय भवन हस्तान्तरण गर्नुपर्ने भएको छ । सिन्धुपाल्चोकमा भूकम्पबाट क्षती भएका मध्ये ३८ वटा विद्यालयहरु निर्माणधिन अवस्थामा रहेका छन् । सुरुबा वर्षदेखि काम सुरु भएको भएतापनि निर्माण सम्पन्न भएको छैन । एस.एम.सी मार्फत निर्माण सुरु भएको २०६ वटा सामुदायिक विद्यालय भवनहरु प्राय निर्माण सम्पन्न भएको  इकाईले जनाएको छ । केन्द्रिय कार्यलय इकाईबाट आव्हान गरेर सम्झौता गरेको प्याकेज १, २, ३ ठेक्काको अवधि २०१८ जुलाई १८ मा सकिएको थियो भने प्याकेज नं. ४ अगस्ट २५, २०१८ मा सकिएको छ ।
अरु प्याकेजमा पनि म्याद सकिन लागेको छ । तर भवन निर्माण सम्पन्न भएको छैन । त्यसैले म्याद थप गरेर भएपनि छिटोभन्दा छिटो भवन निर्माण गरेर हस्तान्तरण गर्न इकाईले सबै ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको छ ।   

,