सिन्धुका जनप्रतिनिधि गृहमन्त्रालयमा, बाढीपहिरो पीडितलाई सहयोग गर्न मन्त्रीको ध्यानाकर्षण

सिन्धुपाल्चोकका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरुले प्राकृतिक विपत्तिबाट धेरै क्षति भएको भन्दै पीडितहरुलाई सम्बोधन गर्न गृहमन्त्रीको ध्यानार्कषण गराएका छन् ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का सांसद अग्नि सापकोटा, प्रदेश ३ का उद्योग मन्त्री अरुण नेपाल, प्रदेश सांसद सरेश नेपाल सहितको टोलीले हिजो गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराएको हो ।

पछिल्लो केही साता

देखि परेको अविरल वर्षाले सुनकोशी, भोटेकोशी, बलेफी नदी आसपासका बस्तीहरुमा बाढी र उच्च भेगमा पहिरोले गर्दा धेरै क्षति भएकाले त्यसलाई तत्कालै सम्बोधन गर्न माग गरिएको छ । भूकम्पपछि निर्माण भएका धेरै घरहरु पहिरोले लगेको, भोटेकोशी नदीले पुल नै बगाएर लगेको लगायतका समस्याले
जिल्लाबासी प्राकृतिक विपत्तिमा परेका सांसद अग्नि सापकोटाले गृहमन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो ।

जनप्रतिनिधिहरुको टोलीले दैवी विपत्तिबाट घरबारविहीन भएकाहरुलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गरिनुपर्ने, पहिरोको जोखिममा परेका उच्च स्थानका बस्तीहरुलाई स्थानान्तरणका लागि पहल गर्नुपर्ने माग राखेका थिए ।

त्यस्तै बाढी पहिरोबाट थप क्षति हुन नदिन तार जालीको व्यवस्था, जोखिममा परेका विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचनाहरुलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु गृहमन्त्री समक्ष राखेको सांसद सापकोटाले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.