गोठमा आगलागी हुँदा एकको मृत्यु

चौतारा साँगाचोकगढी नगरपालिका– ८ स्थित कालीमाटीमा रहेको एक गोठमा आगलागी हुँदा एकको मृत्यु भएको छ ।
गाईबस्तु नभएको स्थानीय चन्द्रबहादुर श्रेष्ठको गोठमा आगलागी हुँदा सोही स्थानका ७० वर्षिय इन्द्रबहादुर सुनारको मृत्यु भएको हो । सुनार गाउँमा दिउँसो काम गर्ने र राती सोही गोठमा गएर सुत्ने गरेका थिए । राती आगलागी हुँदा विहान सुतिरहेको स्थानमा मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनारका आफन्त गाउँमा कोही छैनन् ।
घर पनि नभएकाले उनी श्रेष्ठको गोठमा गएर सुत्ने गर्दथे । अहिले शव पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जानकारी दिएको छ ।

,