रष्टिय प्रजातन्त्र पार्टीको अन्तर क्रिया चौतारामा

 लोकप्रिय समचार दैनिक चौतारा
सिन्धुपाल्चोक जिल्लामा  रष्टिय प्रजातन्त्र पाटीले एक  अन्तर क्रिया कायँक्रम गरेको छ ।

पार्टीको निणँय अनुसार पाटींका प्रशिक्षण बिभागका प्रमुख तथा केन्द्रिय  सदस्य इन्द्र केसीको प्रमुख अतिथ्यतामा  पर्टी कार्यलय सिन्धुपाल्चोकमा भएको  अन्तरक्रियामा जिल्लाकार्य समितीका पदाधिकारी क्षेत्रीय कार्यसमितकिा पदाधिकारी हरु को उपस्थिती रहेको थियो ।  कार्यक्रममा अधिकाशं कार्यकर्ताहरुले निर्बाचन पछी कार्यकर्तालाइ बेवास्था गरेको  कार्यकर्ताको समस्या प्रती ध्यान नदिएको नेता भेट्न समेत समस्या परेको गुनासो ब्यक्त गरेका थिए ।

पार्टीले हिन्दु धर्मको बिषयमा स्पस्ट निती राख्न नसकेको कारण पनी पार्टी पछी परेको बताइएको थियो । कार्यक्रममा स्वयम क्षेत्रीय अध्यक्ष तथा जिल्ला कार्य समितीका पदाधिकारीहरुले संगठन संञ्चालनमा भएका कमी कम्जोरीहरुका बारेमा  टिप्पणी गरेका थिए । कार्यक्रममा क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले  बिभिन्न समस्याका  कारण आफूहरुबाट  सबै कार्यकर्ताको भाबना बमोजिम काम गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा पार्टीलाइ अगाडी बढाउँनका लागी नियमित कार्यलयमा रहेर कार्यकर्ताको गुनासो सुनेर काम गर्ने बताउँनु भयो । उँहाले नेताभएकै कारण आफ्रना कार्यकर्तालाइ बिभिन्न नाम राखेर गाली गर्नु भन्दा पनी आफुले के गर्दे छु भनेर हेर्न पर्ने बताउँनु भयो । उँहाले मानीसले गल्ती २ प्रकारका गर्छन  जानेर र नजानेर  गल्ती गरेका हुन्छन नजानेर गरेको गल्तीलाइ माफी दिन र जानी जानी गरेको गल्तीलाइ कार्बाही दिन सक्नु पर्ने बताउँनु भयो । यसै गरि अर्का क्षेत्रीय अध्यक्ष शिब भण्डारीले जिल्ला तथा केन्द्रिय नेतृत्वले पाटीको भात्रृ संङ्गठनलाइ सक्रीय गर्न नसकेको प्रती दुखेसो राख्नु भयो । त्यस्तै जिल्ला सदस्य  सम्झना भट्टराइले जिल्लामा धेरै महिलाहरु पनी पार्टीमा रहेका र उनीहरुलाइ पार्टीले परिचालन गर्न नसकेको प्रती दुखेसो पोख्दै महिला तथा बर्गीय सङ्गठनलाइ सक्रिय गराएर अगाडी बढ्न पर्ने बताउँनु भयो त्यसै गरी पार्टी उपाध्यक्ष टिका लक्ष्मी श्रेष्ठले पार्टीलाइ अनुशासित ढङ्गबाट परिचालन गर्न सके मात्र पार्टी बलीयो हुने हुँदा पार्टीमा रहने सबै  पदाधिकारीहरुले  अनुशासन र बिधीको ब्यबस्थापनमा ध्यान दिन पर्ने बताउँनु भयो । राप्रपाका नेता बद्री चौलागाइले एक आपसमा आरोप प्रत्यारोप लगाउँनु भन्दा पनी सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । केन्द्रिय सदस्य उदय सापकोटाले सङ्गठन निर्माण गर्न जती गाह्रे हुन्छ त्यसको संरक्षण र जगेर्ना गर्न त्यो भन्दा बढी गाह्रे हुने भएकाले सङ्गठन निर्माण कर्ता  हरु सबैले बिगतका तिता मिठा कुराहरु बिर्सेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा उठेका कुराहरका बारेमा  प्रष्ट पार्दै केन्द्रिय सदस्य संगठन बिभगका इन्द्र केसीले   हुल , जमात जती ठुलो भए पनी सङ्गठन भएन भने त्यसको कुनै अर्थ नहुने र त्याँहा आफनो बिजय पनी नहुने उदाहरण दिदैरष्टिय  प्रजातन्त्र पार्टीको आश्थाको जिल्ला भनेको सिन्धुपाल्चोक हो भन्नु भयो । उँहाले आफुहरुले धेरै  जिल्लाको सङ्गठन हेरेको बिपक्षीहरुको पनी सङ्गगठन निर्माणका बारेमा नजीक बाट हेरेको बताँउदै सङ्गठन नभइ केही गर्न नसकिने भएकाले पहिलो प्रथमिकतामा सङ्गठन निर्माण गर्ने र त्यसका संरक्षण र जगेर्नाका लागी सबै एक भएर अगाडी लाग्न पर्ने बताउँनु भयो जिल्ला पार्टी सभापती गोपाल नरसिंह श्रेष्ठको सभापतत्विमा  र केन्दीय सदस्य तथा पुर्ब मन्त्री बिष्णु बिक्रम थापा, केन्द्रिय सदस्य तथा पुर्ब माननिय रमेश कुमार लामा लगाएतको बिषेस अतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो । राष्ट्र्यि प्रजातन्त्र  पार्टीले अबका दिनमा देशै भरिका सबै जिल्ला गाँउ नगरपालीकाहरुमा सङ्गठनको  सक्रीयता र स्थानीय वडा हरुमा समेत पाटीको बलीयो सङ्गठनको निर्माण गर्ने पार्टीका कार्यकर्ताहरुका संङ्गठन निर्माणमा हुने समस्या  समधानका  लागी आबश्यक सहयोग गर्ने लगाएतका कार्यक्रम लिएर  नेताहरुलाइ गाँउ गाँउमा परिचालन गरेको र सोही अनुसार यो कार्यक्रम भएको केन्द्रिय सदस्य तथा पुर्ब माननिय रमेश कुमार लामाले जानकारी दिनु भयो । उँहाका अनुसार यही भाद्र १६र १७ गते जिल्लाको मेलम्चीमा अगुवा कार्यकर्ता भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्न लागीएको र प्रत्यक पालीका तथा वडाहरुमा समेत यस्ता कार्यक्रम राखेर राष्ट्र्यि प्रजातन्त्र पार्टी  अगाडी बढ्न लागेको  छ । बिगतमा भएका कमी कम्जोरीहरुलाइ सुधार गर्दै पार्टिलाइ बलयिो बनाएर अगाडी लैजाने र आगमी निर्बाचनमा पहिलो पार्टी बनाउँन  लागी पर्ने समेत लामाले बताउँनु भयो । 

, ,