बिद्युत केन्द्रको संरक्षण गर्न ध्यानाकर्षण

बिद्युत केन्द्रको संरक्षण गर्न ध्यानाकर्षण
देबराज सुबेदी मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका ९ सिम्लेबेशिमारहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्रले आफ्नो संरक्षणको लागि संम्बन्धितनिकायको ध्यानाकर्षण गराएको छ । पांचपोखरी थाङपालगाउंपालिका ८ मा रहेको बिद्युत गृहको ड्यामसाइड तिपेनीमाअनाधिकृत रुपमा स्काभेटर प्रयोग गरी बालुवाझिक्नाले आयोजनालाई प्रत्यक्ष असर गरेको जनाएको हो । ड्यामभन्दा १० मिटर माथि स्काभेटर प्रयोग गरी निरन्तर बालुवाझिक्नालेढुङगा र बालुवाहरु पोखरी माजादां बिद्युतउत्पादनमाकमिहुनुका साथै टर्वाइनमापनिक्षतिपुगेको आयोजनाले जनाएको छ ।
अबैध रुपमास्काभेटर प्रयोग गरी बालुवाझिक्ने कार्य रोक्नमौखिकआग्रहगर्दा अटेर गर्दै केहीस्थानीययुवाले धम्किपुर्ण ब्यवहार गरेकाले संम्बन्धितनिकायको ध्यानाकर्षण गराउनबाध्यभएको आयोजनाकाअध्यक्षकुमार पाण्डेले बताउनुभयो ।
पांचपोखरी थाङपालगाउंपालिकाको अनुमतिमा बाटो ग्राभेल गर्ने कामको लागिढुङगा र बालुवाझिक्नअनुमतिदिएतापनिआयोजनालाई प्रत्यक्ष असर परेको हुनाले उक्तकार्य बन्द गरीने इलाकाप्रहरी कार्यालय मेलम्चीकाप्रमुख परशुराममल्ल ले जानकारी दिनुभयो ।