साइरसको लागि आर्थिक सहयोगको अपिल

एकराज श्रेष्ठ/ ५ बर्षिय बालक साइरस श्रेष्ठ  अहिले भारत स्थित कलकताको टाटा मेडिकल हस्पिटलमा अर्ध उपचार  अवस्थामा बसि रहेका छन।

           कदमबास गाविस वडा न ९ सुकुटे जन्म थलो भै बाबु  नारायण श्रेष्ठ को एक मात्र साहारा साइरस अाज  ब्लड क्यान्सर  बोन म्यारो जस्तो   प्राण घाटक रोग संग लडि रहेको छ।  नेपाली डाक्टरले भारतको सो हस्पिटलमा  लगेर उपचार गरे सम्भव रहेको बताएका थिए सोही  कारण  अार्थिक अभावमा पिल्सिएको श्रेष्ठका परिवारले उपचारमा लाग्ने पच्चिस लाख भारतिय पैसा नेपाली लगभग चालिस लाख रुपैया को जोहो गर्ने  असमर्थाको बावजुद उपचार गरि रहेका छन।  भविस्यका कर्णधार साइरसलाइ राज्यबाट कुनै सहयोग नभएको अस्पतालमा रहेका बाबु बताउछन ।यदि कुनै नेता बिरामी भएको भए बिदेशमा उपचार गर्ने ब्यवस्था हुन्थ्यो तर मेरो छोरालाइ भएन ।स्थानिय साथी भाइ  इष्ट मित्र तथा केहि शुभचिन्तक बाहेक अन्य कतैबाट पनि सहयोग नभएको गुनासो गर्छन।   साथी भाइ अाफन्त इस्ट मित्र तथा अन्य शुभ चिन्तकहरुको सहयोगबाट दुइ तिन लाख मात्र संकलन भएको पिडित का माइजु किशोरी तामाङ बताउनु हुन्छ। अाफ्नो छोराक‍ो जिवन रक्षाको भिख माग्दै छोरा बचाउको निमित सबै संग सहयोगको लागी अपिल गर्नु हुन्छ पिडितका अामा बाबु। स्वदेशी तथा बिदेशी  मनकारी र समाज सेवीहरुबाट सहयोगको अपेक्षा सहित पिडितका माइजु   दिन रात हात फैलाइ रहेका छन।  अाफ्नै नाममा एन अाइ सि एसिया बैक लि मा ( खाता न १३८७७४७५१७५२४००१ ) खाता खोली सोही खातामा सहयोगी रकम हाली दिन वा मोवाइल न ९८४९०९०८०७ मा  प्रत्यक्ष फोन गरि सहयोग गर्न  अपिल गर्नु हुन्छ। भनिन्छ धर्म गर्न मन्दिर धाइ रहनु पर्दैन मन्दिर नै यहाहरु सामुने अाइरहेको छ ।यहाहरुको  सहयोगले एउटा कलकलाउदो बालकले नया जिवन पाउन सक्ने पुर्ण बिश्वास राखेका छन।




, , , ,