जिल्लामा लघु गोष्ठी सम्पन्न

लघुकथा समाज नेपाल स्थापनाको  १० वर्ष पुगेको अवसरमा लघुकथा गोष्ठी गरिएको छ ।
देशभर चल्ने गोष्ठीको अभियान  अन्तर्गत सिन्धुपाल्चोकबाट सुरुवात  गरिएको हो । लघुकथा समाज नेपालको आयोजनामा भएको गोष्ठीमा डेढ दर्जन बढी स्रष्टाहरुले लघुकथा वाचन गरेका थिए । समाजका सचिव तुलसीहरी कोइराला, केन्द्रीय सदस्य डा. पुस्करराज भट्ट र डम्बर रसिक भारतीको उपस्थितिमा कार्यक्रम गरिएको हो । गोष्ठीमा अमित घिमिरे, जीवन श्रेष्ठ, दिल कार्की, राजेन्द्र खत्री, ओमकुमार श्रेष्ठ, किशमा किशोर, सुन्दर शिरीष, सुरेश बुढाथोकी लगायतले लघुकथा वाचन गर्नुभएको थियो ।
जिल्लामा लघुकथाको स्रष्टा बढाउने तथा जिल्लामा रचिने लघुकथाको क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय सदस्य डम्बर रसिक भातरीले जानकारी दिनुभयो ।
समाजका सचिव तुलसीहरी कोइरालाले जिल्लाका स्रष्टाहरुलाई लघुकथा विधामा कलम चलाउन आग्रह गर्नुभयो । देशका विभिन्न जिल्लामा हुने गोष्ठीको सुरुवात सिन्धुपाल्चोकबाट भएकोले जिल्लामा लघुकथा विधा सक्रिय रुपले अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।   


,