अनाधिकृत उत्खनन गर्ने स्काभेटर नियन्त्रणमा

देवराज सुवेदी/मेलम्ची- नदीमा अनधिकृत रुपमा बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउन यता ८ वटा स्काभेटर नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न ९ वटा ट्रक, ६ वटा मिनि ट्रक र ४ वटा ट्याक्टर समेत प्रकाउ गरिएको
इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रकाउ गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारबाहीको लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिनुभयो ।


प्रहरीले मिति भदौ १ गते तिपेनिस्थित इन्द्रावती नदीमा फेला परेको इलतभकत स्काईभेटर, भदौ ५ गते मे.न.पा. १२ स्थित पाल्चोकी क्रसरको इन्द्रावती नदीमा फेला परेको इलतभकत स्काईभेटर र भदै ५ गते हेलम्वु गा.पा. २ स्थित मेलम्ची नदीमा फेला परेको बा ४ ख ५४२ र वा ४ ख १३९७ मिनि ट्रक नियन्त्रण लिएको हो ।

त्यस्तै, मे.न.पा. १० सहरे खोलाबाट नियन्त्रणमा लिएको स्काईभेटर र  मे न पा ११ सिमखेत मेलम्ची नदीबाट नियन्त्रणमा लिएको स्काईभेटर पनि कारबाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जानकारी दिएको छ ।
सरकारले वर्षायामको ३ महिना  नदीजन्य पदार्थ उत्खनन् कार्य गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरीछिपी स्काइभेटर प्रयोग गरेर बालुवा निकाल्दै आएका छन् ।

,