नगरपालिकाले ग¥यो पसल अनुगमन
चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न पसलहरुको अनुगमन गरेको छ । नगरपालिकाका उपप्रमुख जानुका पराजुलिको नेतृत्वमा ११ सदस्यिय टोलिले चौतारा बजारका सबै पसलहरुमा विशेष रूपमा छड्के अनुगमन गरीकोे हो ।
अनुगमनको क्रममा १ सय ९७ वटा पसलहरुका सञ्चालकलाई मिति सकिएका सामग्रीहरु भएमा तुरुन्त हटाउन र नगरपालिकामा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न सुझाव दिएको चौताारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाका शिव पुरीले जानकारी दिनुभयो ।
अनुगमन सुझाव केन्द्रित भएको र यसपछिका अनुगमनमा कारवाहि प्रक्रिया समेत अगाडि वढ्ने उपप्रमुख पराजुलिको भनाई छ ।
बजार अनुगमनका क्रममा दुग्ध तथा खानेपानी, माछामासु वधशाला तथा पसल, औषधि पसल तथा स्वास्थ्य क्लिनिक, होटल मीठाई तथा खाद्य, र यातायातलगायतको अनुगमन गरिने बताइएको छ । मुलुकको संघीय संरचनाअनुसार बजार अनुगमनको काम पनि अब स्थानीय तहले नै गर्ने नीति अनुसार नगरपालिकाले अनुगमन सुरुवात गरेको नगर प्रमुख अमानसिं तामाङले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भीम बस्नेत, स्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, स्थानीय कार्यालयको उपभोक्ता हित संरक्षण हेर्ने शाखा प्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधि, वडा अध्यक्ष सहितको टोलिले अनुगमन गरेको हो ।