६ महिनादेखि शिक्षक बेपत्ता

सञ्जय तामाङ/ हेलम्बु गाउँपालिका वडा नं २ को  चित्रे आधारभूत विद्यालयका शिक्षक शिवनन्दन यादव गत माघदेखि विद्यालयको सम्पर्कमा आउनुभएको छैन । प्रावि द्वितीय शिक्षक यादव बिना जानकारी ६ महिनासम्म विद्यालयमा हाजिर नभएपछि गाउँपालिकाले हाजिर गराउन ताकेता गरेको छ ।
गाउँपालिकाले १५ दिने सूचना निकालेर हाजिर हुन अनुरोध गरेको छ, अन्यथा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।