‘भ्रष्टाचार नियन्त्रण गर्नु आगामी दिनको लक्ष्य’

पूर्व कानूनमन्त्री माननिय शेरबहादुर तामाङले आफ्नो  आगामी दिनमा एक मात्र लक्ष्य भ्रष्टाचार नियन्त्रण  गर्नु  र बैधानिकताको बाटो अवलम्वन गराउनु रहेको बताउनुभएको छ ।

सोमबार युनियन हाउस, अनामनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आफूले पद भन्दा ठूलो मुद्दा भएको कारण आफूले मन्त्री पद मात्र छाडेको तर, आफुले उठाउँदै आएको मुद्दा नछाडेको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि आपूmले गरेको प्रयासबाट केही भ्रष्ट व्यक्तिहरु आत्तिएर आफू विरुद्ध षड्यन्त्र गरेका छन् । त्यस्ता व्यक्तिहरुका विरुद्ध आपूm सधै लागि पर्ने समेत स्पष्ट पार्नुभयो ।
उहाँले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने वाध्यात्मक कानुन तयार भएको यो कानुन  पास हुने विश्वास लिएको बताउँदै यो कानुन पास भयो भने पनि भ्रष्टचारमा कमि हुने बताउँनु भयो ।
राज्यकोषमा जम्मा हुनुपर्ने करिब ६१ अर्ब रकम अदालतको अन्तरिम आदेशको भरमा गुमेको भन्दै उहाँले ‘यस विषयमा के भएको हो ? न्याय परिषदको ध्यानाकर्षण गराउन चाहन्छु’ भन्नुभयो ।
यसैबीच तामाङ्गले पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ती विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले कुनैपनि सार्वजनिक पदमा रहँदा  सम्पत्ति विवरण सार्वजनिक गरिन्छ भने उक्त पद छोड्दा पनि विवरण सार्वजनिक गर्ने परिपाटीलाई पहिलो प्राथमिकतामा राखेर आफूले यो सम्पत्ती विवरण सार्वजनिक गरेको बताउनुभएको छ ।

पूर्व कानूनमन्त्री माननिय शेरबहादुर तामाङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणः
उपस्थित पत्रकार मित्रहरु,
‘समृद्ध नेपाल – सुखी नेपाली’ हाम्रो लक्ष्य हो । यो लक्ष्य प्राप्त गर्न हामी सम्पूर्ण राजनीतिक दल, सरकार र सरकार अन्तर्गतका सम्पूर्ण निकायहरु निष्ठापूर्वक जिम्मेवार ढङ्गले परिचालित हुनु पर्ने आवश्यकता छ । हामीले लामो समयको त्याग, बलिदान पछि राजनीतिक परिवर्तन सम्पन्न गरेका छौँ । राजनीतिक परिवर्तन पछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र मार्फत जनतालाई राज्यको तर्फबाट दिनुपर्ने सेवा दिन कोशिस गरिरहेका छौँ । सबै तहको निर्वाचनहरु सम्पन्न गरिसकेपछि राष्ट्र विकासको गतिमा अगाडि बढ्नु पर्ने वर्तमान आवश्यकतामा विगत लामो समयदेखि राष्ट्र निर्माणको गति चाहेजस्तो अगाडि बढ्न सकिरहेको छैन । राष्ट्रको बजेटको सही सदुपयोग, भ्रष्टाचारको अन्त्य, सुशासन नै राष्ट्र निर्माणको मेरुदण्ड हो । तर, हामी प्रगतितर्फ अगाडि बढ्नु पर्नेमा विविध खालका भ्रष्टाचारले मुलुक आक्रान्त बनिरहेको अवस्था छ । मुलुकलाई भ्रष्टाचारमुक्त गरी समृद्धिको दिशातर्फ अगाडि बढाउन देहायका विषयहरुमा तत्काल ध्यान दिई कार्यान्वयन गर्नु पर्ने आवश्यक छ ।
१. राजनीतिक नियुक्ति वा सार्वजनिक पदमा जिम्मेवारी लिएका व्यक्तिहरुले आफ्नो पद अवकाश भए पछि सम्पत्ति विवरण नबुझाउने परम्परालाई अन्त्य गरी अब प्रत्येक त्यस्ता व्यक्तिहरुले अवकाश प्राप्त गरेको १५ दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्दछ । र, सोही विधिलाई स्थापित गर्न मैले मेरो सम्पत्ति विवरण मन्त्री पद समाप्त भएको मितिले १५ दिनभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दैछु ।
२. लोकतन्त्रको जग पारदर्शिता र जवाफदेहिता हो । पारदर्शिता भ्रष्टाचार अन्त्यको पहिलो शर्त हो । त्यसैले पारदर्शिता अन्तर्गत सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन आवश्यक छ । तसर्थ मैले मन्त्री हुँदादेखि नै सो विषयलाई उठाई आइरहेको थिएँ । र, सो कानुनलाई विधेयकको रुपमा तयार गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति सार्वजनिक गर्ने कानुन अगाडि बढाइसकेको छु  । हाल मन्त्रीपरिषद्मा रहेको सो कानुन तत्काल मन्त्री परिषद्बाट पारित गरी संसदमा पेश गरिनेछ भन्ने विश्वास लिएको छु ।
३. मैले मन्त्री पदको जिम्मेवारी लिँदादेखि नै न्यायालयमा हुने भ्रष्टाचारको बारेमा पटक पटक बोल्दै आएको थिएँ । विभिन्न मितिमा राज्यकोषमा जम्मा हुनु पर्ने करिब ६१ अर्ब बराबरको राजश्व लगायतका रकम न्यायालयका विभिन्न बेन्चबाट अन्तरिम आदेशको भरमा राज्यकोषमा जम्मा नहुने खालको परिस्थिति सिर्जना भएको देखिन्छ । तसर्थ सो विषयमा के भएको हो ? न्यायपरिषद्को ध्यानाकर्षण गराउन चाहन्छु र संसदको विशेष छानविन समिति गठन गरी सो सम्बन्धी सत्यतथ्य के भएको हो ? सो सम्बन्धी अनुसन्धान गरी सो रकम राज्यकोषमा जम्मा हुने व्यवस्था मिलाई आम नागरिकलाई जानकारी गराउन आग्रह गर्दछु ।
उपस्थित पत्रकार मित्रहरु,
समृद्ध नेपाल निर्माणमा भ्रष्टाचारको अन्त्य जरुरी छ । भ्रष्टाचारको अन्त्यको अभियानमा सम्पूर्ण प्रेस जगत् जनताको आँखा भएर दृढतापूर्वक उभिनुहुनेछ भन्ने विश्वासका साथ यो पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार मित्रहरुलाई निरन्तर अभियानमा ऐक्यबद्धताका लागि हार्दिक अपिलका साथ धन्यवाद ज्ञापन गर्दछु ।
अनुसूची– १
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
११. भ्रष्टाचार निवारण ऐन, २०५९ मा संशोधनः भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (४) को सटृा देहायको उपदफा (४) राखिएको छः– “(४) यस दफा बमोजिम पेश हुन आएको सम्पत्ति विवरण उपदफा (१) बमोजिमको निकाय वा अधिकारीले निर्णय गरी उपयुक्त विधिबाट सार्वजनिक गर्नु पर्नेछ ।”
२०. न्याय परिषद् ऐन, २०७३ मा संशोधनः न्याय परिषद् ऐन, २०७३ को दफा २९ को उपदफा (३) को सटृा देहायको उपदफा (३) राखिएको छ
“(३) यस दफा बमोजिम पेश हुन आएको सम्पत्ति विवरण परिषद्ले निर्णय गरी उपयुक्त विधिबाट सार्वजनिक गर्नु पर्नेछ ।”
अनुसूची–२
सम्पत्तिविवरण पेश गर्ने प्रयोजनको लागितोकिएको फारामको ढाँचा सम्बन्धमा नेपाल राजपत्र, भाग ५, खण्ड ६० संख्या १ मिति २०६७ बैशाख ६ गते प्रकाशित भै संशोधनभएको ।
(भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाअख्तियार दुरुपयोग अनुसन्धानआयोग ऐन, २०४८ को दफा ३१ क. कोउपदफा (१)को प्रयोजनको लागि
सम्पत्ति विवरण




,