साँगाचोकमा अबरुद्ध सडक खोल्नका लागी डोजर प्रयोग
बिगत केही दिन देखी परेको पानीका कारण सिन्धुपाल्चोक जिल्लाको बिभिन्न स्थानमा पहिरो गएर सडक अबरुद्ध भइ रहेको छ ।
चौतारा साँगाचोक गढी नगरपालीकाको वडा नं ९,१०,११,१२,१३,१४का सायक मार्ग हरुमा पहिरोका कारण सडक अबरुद्ध भएको र वडा नं ११ स्थित अर्जुन माझीको होटलमा रहेको सामाग्रहिरु भोर्ले खोलामा बाढी आएर बगाएको छ । इलाका प्रहरी कार्यलय साँगाचोकका प्रहरी साहयक निरिक्षक काजीराम पौडेलका अनुसार माझीको होटलमा रहेका करिब तिन लाख पचासहजार रुपैया बराबरको धनमालको क्षती भएको छ । त्यस्तै करिब ४५ घरमा क्षेती पुगेको र क्षेती बिबरण आउँन बाकी रहेको समेत पौडेलले बताउँनु भउको छ । पहिरोको कारण साँगाचोक लगाउत बिभिनन स्थानमा बिद्युत को पोल ढलेर बिद्युत अबरुद्ध भएको छ । यसै बिच चौतारा साँगाचोक गढी नगरपालीका स्थित वडा नं ५मा बसपार्क नजीकै एकजना मृत अबस्थामा फेला परेको छ । यसका बिषयमा आबश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको प्रहरी नायब उपरिक्षक कडेलले बताउँनु भयो ।
उँहाका अनुसार साँगाचोकमा अबरुद्ध सडक खोल्नका लागी डोजर प्रयोग भइरहेको छ । यसै बिच जिल्लाका बिभिन्न स्थानमा खाने पानकिो कुवामा समेत बाढी पसेर कुवामा समस्या उत्पन्न भएको छ ।