बजारमा हुवाईले लियो दोस्रो स्थान

विश्वव्यापी स्मार्टफोनको बजारमा हुवाईले दोस्रो स्थान लिएको छ । आइडीसी, एसए, क्यानलिस तथा काउन्टरपोइन्टले हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवाई दोस्रो स्थानमा छ ।
उच्च स्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनहरूका कारण हुवाईले विश्वव्यापी ग्राहकहरू माझ लोकप्रियता तथा सकारात्मक प्रतिक्रिया बटुलि रहेको छ ।
अनुसन्धान तथा विकासमा निरन्तर तथा व्यापक लगानी नै हुवाईको सफलताको कारण हो । हुवाईले वार्षिक रुपमा १० प्रतिशतभन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गर्दछ । प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवाई सन् २०१७ मा ६ औँ स्थानमा परेको थियो ।
सन् २०१७ को हुवाईको वार्षिक प्रतिवेदनका आधारमा अनुसन्धान तथा विकासमा हुवाईका ४५ प्रतिशत अर्थात् करिब ८० हजार कर्मचारीहरू संलग्न थिए ।

हुवाई कम्पनीले विश्वमा विभिन्न स्थानमा विज्ञताका लागि केन्द्रहरू खोलेको छ जस्तै कि–मस्कोमा एलगरिदम केन्द्र, सानफ्रान्सिस तथा लण्डनमा यूएक्स डिजाइन केन्द्र, प्यारिसमा एस्थेटिक केन्द्र र जर्मनीमा फाइभ–जी विकास केन्द्र रहेको छ । अनुसन्धान तथा विकासका लागि विश्वकै सबैभन्दा प्रतिभावान् व्यक्तिहरूलाई नियुक्त गरिन्छ ।
सर्वोत्कृष्ट प्रविधि तथा प्रदर्शन क्षमता प्रदान गर्नका लागि तथा स्मार्टफोन उद्योगमा अतुलनीय स्तर कायम गराउन हुवाईले विश्वका उत्कृष्ट कम्पनीहरूसँग दीर्घकालीन साझेदारी गरेको छ । स्मार्टफोनमा सर्वोत्कृष्ट क्यामरा विकास गर्न हुवाईले सन् २०१६ देखि अप्टिकल तथा इमेज प्रविधिमा लाइकासँग सहकार्य गर्दै आएको छ ।
सन् २०१८ को पहिलो ६ महिनाको अवधिमा हुवाईको पी–२० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटी सम्बन्धी विश्वकै सबैभन्दा भरपर्दो कम्पनी डीएक्सओमार्कले  गरेको समीक्षामा सबैभन्दा धेरै अंकपाएको थियो ।
साथै हुवाईले म्याट सीरिज डिजाइन संस्करणका लागिलक्जरी ब्रान्ड पोर्ससँग साझेदारी गरेको जसले अल्ट्रा हाईइन्ड मार्केटमा राम्रो प्रतिक्रियालिन सघाउनेछ । 
नेपालमा हुवाई– जोएस झु, कन्ट्री डाइरेक्टर (सन्देश)
हुवाइले आफ्नो सन्देश एक विज्ञप्ती मार्फत जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ– क्यारिअर तथा इन्टरप्राइज बिजनेशमा मुख्यगरी केन्द्रित हुने गरी हुवाई नेपालमा पहिलो पटक १९ वर्षअघि प्रवेश गरेको हो । अहिले आइसीटी सलुसनमा हामी अग्रणी कम्पनी हौं । सन् २०१४ बाट हामीले स्मार्टफोन उद्योगमा आधिकारिक रुपमा व्यवसाय सुरु गरेका हौं । छोटो अवधि मै हामीे नेपाली बजारमा बिस्तार हुन सफल भएका छौँ र हाम्रो सेल आउट रिपोर्टका अनुसार हामी बजारमा दोस्रो स्थानमा छौँ ।
आगामी दुई वर्षभित्र हामीले सबैभन्दा चर्चित स्मार्टफोन ब्रान्ड बन्ने लक्ष्य लिएका छौँ । यस लक्ष्यलाई हासिल गर्न हामीले नेपाली बजारमा अध्ययन–अनुसन्धान तथा विकास नवीनता र प्रवर्द्धनमा लगानी गरिरहेका छौं । हाम्रो उद्देश्य भनेको जीपियू टर्बो लाइकाक्यामरा पोर्स डिजाइन‚फोर क्यामरा तथा पूरै नाम डिस्प्लेजस्तानवीनप्रविधिप्रयोग गरी प्रयोगकर्ताहरूकालागि स्मार्टफोन प्रयोगको समग्र अनुभवबलियो बनाउने रहेको छ।
हुवाईले सधैँ आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट तथा तत्काल सेवाप्रदान गर्नेमा विश्वास गर्दछ । त्यसका लागि हामी सीटीसी मलमा सर्भिस सेन्टर संचालनमा ल्याएका छौँ । काठमाण्डौँ उपत्यका बाहिर पनि हामीले सर्भिस सेन्टरहरू संचालनमा ल्याउने योजना बनाइरहेका छौँ । यसका साथै हामीले थप सोरुमहरू खोल्ने तथा हाम्रा ग्राहकहरूलाई राम्रो सेवादिनका लागि आफ्ना प्रवद्र्धकहरू तथा प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गर्दैछौँ ।
सन् २०१७ मा नोभासिरिज सार्वजनिक गरेदेखि हामीले उचाइँको नयाँ उपलब्धि प्राप्त गर्न सफल भएका छौँ । फोर क्यामरा तथाफुलभ्यू डिस्प्लेले पक्कै पनि स्मार्टफोनको दुनियाँमानयाँ कोसेढुङ्गा काय गर्न सफलभएको छ । नोभाथ्री तथा नोभाथ्री आई विश्वकै पहिलो २४ एमपीफोर एआई क्यामरा भएको पनि स्मरण गराउन चाहन्छु ।
एकदम धेरै हुवाई प्रशंसकहरू पाएर हामीनिकै भाग्यमानी महसुस गरिरहेका छौँ । हरेक दिन अझ राम्रो बन्ने र गर्ने कारण र आत्मविश्वास नै हाम्रा प्रशंसकहरू हुन् ।
नेपालमा हुवाई नम्बर एक स्मार्टफोन कम्पनी बन्ने क्रममा छ । हामी हाम्रा अनलाइन तथा अफलाइन माध्यमहरूलाई मजबुत पार्दै ब्रिक्री तथा सेवालाई निरन्तरता दिने वाचा गर्दछौं हुवाईले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

,