पर्दा पछाडीको हिरोको कथा

जीवनमा भोगाई सबैको आ–आफ्नै हुन्छन् । सबै मानिसहरुलाई आफ्ना भोगाई दुःखहरु नै सबैभन्दा ठुलो लाग्छ । मलाई जतिको दुःख र पीडा त संसारमा कसैलाई पनि छैन होला । यो संसारमा म जतिको दुखी त कोई छैन भन्ने लाग्छ । यो मानवीय स्वभाव हो ।
तर यो भन्दा अलिक फरक जीवन बाँचेका भोगेका र दुःख पीडा सबैका हुन्छन् यति हो सबका फरक–फरक भोगाई हुन्छ, भनेर जीवन बाँचिरहेका नेपाली चलचित्र क्षेत्रका पर्दा पछाडीको हिरो नवराज खड्का बाबु तेजबहादुर खड्का र आमा मनमाया खड्काको कोखबाट जेठो सन्तानको रुपमा रामेछाप जिल्ला साबिकको गागल गा.वि.स बडा न. ९ सिमखाने डाँडामा वि.स. २०३६ साल साउन १४ गते बुधवार जन्मेका हुन् ।
उनको बाल्यकाल सामान्य गाँउमा जन्मने बाल बच्चाहरुको जस्तै बित्यो । उहि धुलो । उही उकाली ओराली र उहि अभाव । मानिसलाई आफूले थाहा नभएका विषयमा राम्रा राम्रो कुरा गरिदिएपछि त्यतै तिर आकर्षित हुनु नौलो कुरा होईन नवराजको जीबनमा पनि यस्तै भयो । गाँउमा हुदा देखिनै ने नेपाली चलचित्रमा भान्सामा काम गर्ने मधु लामाले चलचित्रको सुटिङमा हुने गतिबिधीको बारेमाभन्नु हुन्थ्यो । हिरो हिराईन सँगै बस्न खान पाईन्छ, नाचगान हेर्न पाईन्छ, मिठो मिठो खानपाईन्छ । यस्तै यस्तै कुरा गर्नुहुन्थ्यो । जसले उनलाई चलचित्र क्षेत्रतिर आर्कर्षित भएको उनले बिगत सम्झदै भने “त्यति बेला उहाँको कुरा सुनिरहँदा अहिले नै जाँउजाँउ जस्तो लाग्थ्यो भेटि हालौ काम गरौं–गरौ जस्तो हुन्थ्यो ।” मधु लामाको त्यहि बारम्बार चलचित्र क्षेत्रको गतिबिधीको वर्णनले गर्दा उनी २०५७ सालमा उनकै पछि लागेर भान्सामा प्रबेश गरे ।
जसरी पहिला बुनेका सपना जस्तो थिएन काम गर्दा, रातदिन भाँडा माभ्mनु पर्ने सरफ पानीले एकै दिनपाँच सयभन्दा बढिले खान खाएको भाँडा माभ्mदा छल छली हातबाट रगतबग्ने दिनहरु सम्झदै भाबुक भने नबराज र भने “परिश्रमको फलन पाउने, शुरुवाती दिनहरुमा पारिश्रमिक नै नदिने, पहिला भनेको पैसा भन्दा काम सकिएपछि भनेको भन्दा कम दिने, सँगैको साथीहरुलाई भन्दा आफुलाई कम पैसा दिने, निमार्ताहरुले पैसामा धेरै वार्गेनिङ गनर्,े गर्न थालेपछि जीबन चलाउन गा्रहो भयो र भान्साको काम छोडेर ०६४–६५ सालतिर चलचित्र मौसमबाट प्रकाश व्यवस्थापनमा छिरे” उनले बिगत सम्झे, भान्सामा कामगर्दा जस्तो असहज परिस्थिती नभएको अनुभब छ उनको, प्रकाश व्यवस्थापनमा अहिलेसम्म दजर्नौ चलचित्रमा काम गरिसकेका उनले काम गरिएका मध्य सम्झनलायक चाहि चलचित्र शिलशिला बन्यो ३८ घण्टा लगातार काम, कामको  बोनस अनि चलचित्रले १०० दिन पनि मनायो ।
जीवनमा उतार चढाव त आईरहन्छ कसैको जीवनमा सहज तरिकाले कसैको असहज तरिकाल,े फरक यति हो । चलचित्र क्षेत्रमा काम गर्दै गर्दा त्यस क्षेत्रका गलत प्रवृतीहरुले उनलाई काम गर्नमा निराश छाउन थाल्यो । जसको कारण उनले केहि समय चलचित्र क्षेत्र नै छोडेर राजकुमार लुईटेल साथी सँग मिलेर काठमाडौमै  कुखुरा र्फम खोले जसमा ५ हजार चल्ला हालेका थिए । ३ बर्ष सम्म यसैमा निरन्तर काम गरे १ बर्ष ब्यवसाय घाटामा गएपनि पछिल्लो बर्ष बाट आम्दानीपनि राम्रो भएको उनको तर्क छ । जता गएपनि जे खाएपनि चलचित्र क्षेत्रको नशाले उनलाई छोडेन र ब्यवसाय साथीलाई जिम्मा लगाएर पुन चलचित्र क्षेत्रमा प्रबेश गर्ने सोच बनाए । ब्यवसाय छोडेको एक महिना कामको खोजीमा भौतारिए किनकि पुराना साथीभाईहरु सँगको सँगत टुटिसकेको थियो । क्यामारा म्यान रामेश्वर हुमागाई सँग भेट भयो र पुन प्रकाश व्यवस्थापनमाप्रबेश गरे । कामगर्दा समस्या र पिडाका अनुभब हरु धेरै सँगालेका छन नबराजले सबै कुरा नभनौ होलाभन्दै  कुराकानीको शिलशिलामा घटनाको याद गरे “हेर्नुस काम गरेको पैसा दिन धेरै पटक आनाकानी गरेपछि मैले प्रोडक्सन म्यानेजरलाई उसकै कोठामा गएर चुकुललगाएर मज्जाले कुटेको पनि छु । त्यो रहर थिएन बाध्यता थियो” उनी झोक्किए उनले आफनै नियम पनि बनाएका छन काम पछाडी माम, माम पछाडी दाम यसको शत प्रतिशत लागु हुनुपर्छ भन्ने तर्क छ ।
मौसम, शिलशिला, छक्का पन्जा लगायत दर्जनौमा कामगरिसकेका उनलाई स्वर्गिय श्री कृष्ण श्रेष्ठ, मिथिला शर्मा मन पर्ने कलाकार हुनभने नारायण पुरी निर्देशक र रामेश्वर हुमागाई क्यामारा म्यान मनपर्ने ब्यतिको लिस्टमा पर्छन । उनको एउटै भनाई छ । काम अनुसार को दाम, पैसा नदिने, र सबैलाई सम्मान ब्यवहार नगर्न कुराको अन्त्य र सिस्टमको बिकास हुने हो भने मात्र चलचित्र क्षेत्रको विकास हुन्छ नत्र यहि अवस्था वर्षाैसम्म रहिरहन्छ उनको तर्क छ ।
चलचित्र क्षेत्रमा यस्ता पर्दा पछाडी बसेर पर्दा अगाडीकालाई चम्काउने धेरै छन् । जसरी पर्दा अगाडीका सबैको सामु चम्किरहेका छन् । पर्दा पछाडीका व्यक्तिहरुको पनि जीवनयापन चम्कियोस् । शुभकामना ।


,