घरेलु तथा सानाबिकाशका कारण रोजगारमा बृद्धी


सिन्धुपाल्चोक जिल्ला स्थित  घरेलु तथा साना बिकास समितीले जिल्लामा रहेका नागरिकहरुलाइ बिभिन्न उद्योगहरु संञ्चालन गर्न बिभिन्न सहयोग हरु गरिरहेको छ ।


जिल्ला स्थित साबीक ७९ गाँउ बिकाश समिती हाल १२वटा स्थानीय पालीकाहरुमा बिभिन्न प्रबृद्धी हस्तानन्तरण गर्नुका साथै उद्योमी तालीम प्रशिक्षण दिइएको छ । तालीम प्रशिक्षण दिनुका साथै  स्थानीय नागरिकको  सिपलाइ सदुपयोग गर्नका लागी आबशयक अनुदानको समेत ब्यबस्था गरेको छ ।
घरेलु तथा साना उद्योग समिती सिन्धुपाल्चोकका कार्यलय प्रमुख कल्पना शर्मा अधिकारीले आफु २०७१ भाद्र १५ गते सिन्धुपाल्चोकमा आएर जिम्मेवारी सम्माल्दाका समयमा  भुकम्पले यँहाका नागरिकहरको साना तथा मझेउला उद्योगहरु तहस नहस भएको र सिपमुलक काम गर्न गराउँन पनी धेरैे समस्या हरु आइ परेको बताउँनु भयो ।
उँहाले यस आबमा बिगतका बर्ष झै यस बर्ष पनी करिब २५लाख बराबरको उद्योमी मेशनि औजारहरु बिभिन्न उद्येमीहरुलाइ अनुदानको सहयोग गरेको र स्थानीय स्तरमा नै उत्पादीत श्रोत र साधनको प्रयोगमा बढी प्रोत्साहन दिएको समेत शर्माले बताउँनु भयो । यसरी स्थानीय स्तरमा उत्पादीत बस्तुहरको बिकाशका लागी पनी बिषेश ब्यबस्था मिलाएको बताउँदै शर्माले  गाँउमा इन्टरलग इटाको कारखाना संञ्चालनमा प्रशिक्षण तथा सहयोग उपलब्ध गराएको छ ।  चौतारा सँँगाचोक गढी नगरपालीकाको समेत बिषेश सहयोगमा  साँगाचोकमा इनटर लग इटाका कारखाना समेत संञ्चालन गरेको छ । बिनासकारी भुकमपले क्षीत बिक्षीत भएका भबनहरु निर्माणका लागी डकर्मी तालीम, बिद्युत जडान तालीम , प्लम्बर,  जस्ता सिप बिकाशका  तालीमहरु  जस्तै ढाका, गलैचा,सिलाइ बुनाइ चुरा धागा तथा पोते दुना टपरी  लगाएत घरमा बसेर काम गर्न सकिने कामहरुको बिषयमा प्रशिक्षण दिएर   आबशयक पर्ने समाग्री  औजारको समेत ब्यबस्था गरि उत्पादनमुलक काममा जिल्लाका नागरिकहरुलाइ अगाडी बढाउँने काम गरेको छ । 
यस अबधीमा बिषेश गरि महिला हरुले भवन निर्माणको लागी  दक्षता भइ काम समेत गरेको र ढाका बुनाइमा केही महिलाको आकर्षण बढेको , गलैचा बुन्नेहरुको लागी तानको माग भइ आएको हुँदा त्यस्ता उद्योमीहरुलाइ आबश्यकता अनुसार सामग्री समेत बितरण गरेर काममा प्रोत्साहन गरिएको शर्माले बताउँनु भएको छ ।  समग्रमा जिल्लामा देखीएका प्रकृती श्रोतको संरक्षण गर्दै घरेलु उद्योगका लागी शर्माले खेलेको भुमीका कारण  आफुहरुले जिल्लामा नै  रोजगारको ब्यबस्था पाएकोमा खुशी लागेको स्थानीयहरुले बताएका छन ।  यस सम्बन्धमा जिल्ला लघुउद्यमी संघका अध्यक्ष सानुमायाँ गूरुङ्गले  घरेलु तथा सानाउद्योग बिकाश समिती तथा चौतारा साँगाचोकगढी नगरपालीकाको बिषेश सहयोग ले नै जिल्लामा घेरै उद्योमीहरुले उद्योग संञ्चालन गर्न पाएका र रोजगारमा बिशेष सहयोग पुगेको बताउँनु भयो। त्यसै गरि  ग्रिल उद्योग संञ्चालन गरिरहनु भएका बलेफी गाँउपालीकाका शरद बिक ले जिल्ला लघु उद्यमी संघ तथा घरेलु तथा सानाबिकाश समितीले आफुलाइ मेशिन दिएर रोजगारको बयबस्था गरिदिएकोमा खुशी ब्यक्त गर्दै गाँउमा नै बसेर काम गर्नेलाइ लगानीको खाँचो नहुने आफुले महशुश गरेको बताउँनु भयो ।
त्यस्तै फर्नीरका लागी आबश्यक तालीम सहित मेशिन उपलब्ध गराएर आफुलाइ गााउमा नै रोजगारीको ब्यस्था मिलाएकोमा घरेलु तथा साना उद्योग बिकाश समितीलाइ  बलेफी कै झलक रोक्काले धन्यबाद दिनु भएको छ । उता चौतारा साँगाचोक गढी नगरपालीकाका सोममायँ तामाङ्गले  सिलाइको मेशिन पाए पछी आफु लगाएत परिबार कै गुजारा चलेको बताउँनु भयो । त्यस्तै  भुकम्पको बेला   भबन निर्माणका लागी सामग्रीको आबश्यकता परेको बेलामा स्थानीय श्रोतलाइ परिचालन गरेर भबन निर्माणका लागी इन्टरलग इटा निमार्ण गर्न आबश्यक  तालीम सहित औजार दिएर रोजगारका साथै भवन निर्माणमा सहयोग गरेकोमा स्थानीयहरु खुशी भएको बताउँनु भएको छ । 

, , , , , ,