चोरीको मोटरसाइकलसहित चालक पक्राउ

सिन्धुपाल्चोक जिल्लामा चोरीको मोटरसाइकल रहेको भन्ने विषेश सुराकीको आधारमा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको  विषेश सक्रियतामा विभिन्न स्थानबाट चोरी गरी ल्याइएको मोटरसाइकलहरु पक्राउ पर्न थालेका छन् ।
केही दिन अगाडि मात्रै बन्देउ प्रहरी चौकीबाट खटिएका प्रहरीले चालक सहित मोटरसाइकल पक्राउ गर्न सफल भएका थिए भने सोमबार पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले ट्राफिक प्रहरी कार्यलय अधेरी खाडिचौरसँग समन्वय गरी मोटरसाइकल पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीका अनुसार आइतबार अरनिको राजमार्ग  बलेफी गा.पा.वडा नं. ४ स्थित ७४ किलो भन्ने स्थानमा काठमाडौंबाट चोरी गरील्याएको २ वटा मोटरसाइकल चालक सहित पक्राउ गरिएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक माथि शंका लाग्दा थप अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाईकल काठमाण्डौ ठमेलबाट चोरी गरि ल्याएको भनी खुल्न आएकोले उक्त मोटरसाइकल सहित चोरीमा संलग्न २ जना र बरामद मोटरसाईकलहरु महानगरिय प्रहरी बृत लैनचौर सोह्रखुट्टे काठमाण्डौमा थप अनुसन्धानको लागी पठाईएको छ ।
साथै  चोरीका मोटरसाईकलहरु जिल्लामा अरु पनि हुन सक्ने भएकाले चोरीका मोटरसाईकलहरु पक्राउ गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाईरहेको समेत उपरिक्षक मरासिनीले बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.