छयसठ्ठी लाख चोवालीस हजार तिनशय दश रुपैया राजश्व शङ्कलन गर्दै पोख्रेलको बिदाइ

जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेल आइतबारबाट सरुवा भएर  काठमाण्डौ जाने हुने भएको छ । उँहाको स्थानमा प्रहरी उपरिक्षक  मुकुन्द मरासिनी आउँनु हुने  भएको छ । यस बिचमा   महोन पोख्रेलको कार्यकालमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले  छयसठ्ठी लाख चोवालीस हजार तिनशय दश रुपैया राजश्व शङ्कलन गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यलयमा कार्यलय प्रमुखको जिम्मेवारी  पुरा गरेर सरुवा हुन लाग्नु भएको प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेल ले जिम्मेवारी सम्हाल्नु भए पछी जिल्लामा समान्यतया भएका कामहरु मध्यमा पनी केही महत्वपुर्ण कार्यहरु भएका छन ।

आ.व.०७४।०७५ देखी हालसम्म १३३ रोपनी सार्वजनिक तथा निजि जग्गामा रहेको ११६१० बोट गाँजा फँडानी गरि नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा आगन्तुक सेवाग्राहीहरुको लागी स्वस्थ पिउने पानी को व्यवस्थापन गरीएकोछ । प्रहरीकर्मचारीहरुमा सुचना प्रविधिहरुको सहज पहुँचका लागी वाइफाइको ब्यबस्था गरिएको छ । नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न मिशिन तथा ओसार पसारमा संलग्न सवारी साधनहरुलाई  नियन्त्रण गरेर जि.स.स. मार्फत जरिवाना  कारबाही गरी रु.४२५३६५० (बयालिस लाख त्रिपन्न हजार ) राजश्व संकलन गरिएको छ।नेपाल प्रहरीको एकल प्रयासबाट जिल्लामा१०१०५ लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउनका लागी  प्रयोग गरिने कच्चा पदार्थ १८६० के.जी. बरामद गरि रितपूर्वक नष्ट गरिएको छ  ।
विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी ७५ जनाबाट राजश्व रु. २३,९०,६६०र( (तेईस लाख नब्बे हजार छ सय साठी ) संकलन गरिएको ।सिन्धुपाल्चोकमा निष्कृय अवस्थामा रहेको सामुदायिक सेवा केन्द्रलाई सक्रिय गराई विभिन्न जनचेतनामुलक कृयाकलापहरु संचालन गरि स्थानिय नागरिकहरुलाई विभिन्न विषयमा सु–सुचित गरिएको र
नागरिक प्रहरीको सामित्यता कायम गरिएको छसामाजिक उत्तरदायित्वलाई निर्वाह गर्ने क्रममा फरक क्षमता भएकालाई पढाउने स्कुल तथा वृद्धा आश्रम समेतमा प्रहरी कर्मचारीहरुबाट आर्थिक सहयोग गरिएको ।स्कुल तथा क्याम्पसमा सचेतनामुलक कार्यक्रम, नागरिकका पिरमर्का, समस्या र प्रहरीप्रतिको काम कारबाही र गुनासा सुन्नका लागी नागरिक सुनुवाई कार्यक्रमहरु गरिएको छ ।
बिषेश गरी   शान्ती सुरक्षा को  ब्यबस्थालाइ अझ मजबुद बनाइ राख्न  प्रहरी उपरिक्षक महोन पोख्रेलले खेलेको भुमिकालाइ  जिल्लाबासीले धन्यबाद दिएका छन


, , ,
Lokpriyasamachar@. Powered by Blogger.