विद्युत केन्द्रको संरक्षण गर्न ध्यानाकर्षण

देवराज सुवेदी/ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ सिम्ले बेशिमा रहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्रले आफ्नो संरक्षणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पाँचपोखरी थाङपाल गाउंपालिका ८ मा रहेको बिद्युत गृहको ड्यामसाइड तिपेनीमा अनाधिकृत रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्नाले आयोजनालाई प्रत्यक्ष असर गरेको जनाएको हो ।
ड्यामभन्दा १० मिटर माथि स्काभेटर प्रयोग गरी निरन्तर बालुवा झिक्नाले ढुङगा र बालुवाहरु पोखरीमा जाँदा बिद्युत उत्पादनमा कमि हुनुका साथै टर्वाइनमा पनि क्षति पुगेको आयोजनाले जनाएको छ ।
अबैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने कार्य रोक्न मौखिक आग्रह गर्दा अटेर गर्दै केही स्थानीय युवाले धम्किपुर्ण ब्यवहार गरेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएको आयोजनाका अध्यक्ष कुमार पाण्डेले बताउनुभयो ।
पांचपोखरी थाङपाल गाउंपालिकाको अनुमतिमा बाटो ग्राभेल गर्ने कामको लागि ढुङगा र बालुवा झिक्न अनुमति दिएतापनि आयोजनालाई प्रत्यक्ष असर परेको हुनाले उक्त कार्य बन्द गरीने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिनुभयो । 


,