मानव बेचविखन रोकथामका लागि सबै एकजुट हुनुपर्नेः प्रजिअ अधिकारी

मानव बेचविखन रोकथामका लागि सबै नागरिक र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले बराबरी भूमिका निर्वाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभएको छ ।
मानव बेचबिखन तथा रोकथामको लागि सुरक्षित आप्रवासनमा काम गर्ने संस्थाहरु उद्धार र पुनस्थापनामा केन्द्रित भएको औल्याउदै यसलाई रोक्न निरोधात्कम उपायहरुको सुरुवात स्थानिय तहबाट हुनुपर्नेमा प्रजिअले जोड दिनुभएको छ ।
उहाँले रेडियो सिन्धुद्वारा चौतारामा आयोजित मानव बेचबिखन नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
यसैगरी कार्यक्रममा चौतारा सांगाचोकगढि  नगरपालिका उप प्रमुख जानुका पराजुलिले मानव बेचविखन रोकथाम तथा सुरक्षीत आप्रवासनलाई प्राथमिकतामा राखेर कार्यक्रम गरीरहेको बताउनुभयो । उहाँले मानव बेचबिखन नियन्त्रणको लागि स्थानीय सरकारसँगै हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोगमा कमी कमजोरी हुन दिनु नहुने समेत बताउनुभयो ।
गाउमा रोजगारीको वातावरण सिर्जना नहुँदा पनि विदेशिने क्रम बढेको बताउँदै स्थानीय स्तरमै उद्यम गर्न चाहनेले नगरपालिकाले सहयोग गरिरहेकोले त्यस्ता इच्छुक व्यक्तिहरुले नगरपालिकासँग सहयोग माग्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
त्यस्तै प्रहरी प्रमुख एसपि मुकुन्द मरासिनीले पीडितलाई दलालिसँग कसैको दवावमा स्थानिय स्तरमै नमिल्न आग्रह गर्नुभयो । उहाँले न्यायका लागि प्रशासन र प्रहरीको ढोका खुल्ला रहेकाले निर्धक्कसंग न्याय माग्न अनुरोध  गर्नुभयो । कार्यक्रममा रेडियो सिन्धुका रत्न श्रेष्ठले समय समयमा यस्ता कार्यक्रमहरु गरेर मानव बेचबिखन नियन्त्रणमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल भइरहनुपर्ने बताउनुभयो । 


,