नीजि आवास निर्माण सम्पन्न गर्नेलाई प्रमाणपत्र

देवराज सुवेदी/मेलम्ची नगरपालिका ३, हैबुङमा निजि आवास पुनर्निर्माण सम्पन्न गर्नेलाई प्रमाण पत्र बितरण गरिएको छ । वितरण कार्यक्रममा वडाका ७७० घर धुरीमध्ये ५०५ घर निर्माण सम्पन्न भएका छन् । ३८५ घर निर्माणको क्रममा रहेका साथै घर सम्पन्न भएका १०५ जनालाई आज प्रमाणपत्र बितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौड्यालले बधाई तथा शुभकामना ब्यक्त गदै पुर्नमिार्ण प्राधिकरण र दातृ निकायहरु अझै रहेकाले सरकारले थप १ लाख भुकम्प पिडितलाई प्रदान गर्नुपर्ने बताउनु भयो । भुकम्प पिडितले सरकारको मापदण्ड र प्राबिधिकको सल्लाह अनुसार घर निर्माण गर्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रमका बिशेष अतिथि प्रदेश सांसद निमा लामाले बधाई तथा शुभकामना व्यक्त गर्दै सहयोगी तथा दातृ निकायलाई धन्यवाद दिनुभयो । उहांले ३ नम्बर प्रदेशको भौतिक संरचना लाई छिटो निर्माण सम्पन्न गर्न प्रदेश सरकार लाई जोड गराईरहेको बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथि एवम मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले पुनर्निर्माण सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्दै पहिलो किस्ता प्राप्त गर्नेहरुले पनि पुनर्निर्माण सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति तथा हैबुङका वडा अध्यक्ष बसन्त गुरुङले कार्यक्रम समापनमा विगतका पीडा बिर्सेर मुहारको खुसि फर्काउन सफल भएको उपलक्षमा खुसि ब्यक्त गर्नुभयो । उहाँले वडा अध्यक्षको पदमा रहेपनि पदको घमण्ड नगरी सदैव समाज सेवामा लागिपर्ने बताउनु भयो ।

,