प्रथम बाल बिकाश महोत्सवसिन्धुपाल्चोकमा


नेत्रबहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लामा भएको  प्रथम बाल बिकाश महोत्सव २०७५को अबशरमा आयोजना गरिएको स्टल प्रदशर््ानमा  साबीक साँगाचोक गाउँ बिकाश समिती को सँगाचोक बाल बिकाश केन्द्र पहिलो भएको छ ।

त्यस्तै कुन्चोक बालबिकाश केन्द्र दोश्रो भएको छ भने स्याउले पिपलडाँडा तेश्रो भएको छ । जिल्ला शिक्षा इकाइको आयोजनामा भएको बाल बिकाश महत्सोबमा १३वटा स्टलहरुले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो हुने साँगाचोक बालबिकाश केन्द्रमा परम्परागतका ढिकी , जाँतो , पानी घट्ट , सरसफाइका समाग्री तथा पोष्टीक युक्त खाद्यान्नहरु समेत राखिएको थियो । पहिलो हुने बालबिकाशको तर्फबाट सागाँचोकका श्रोत ब्यक्ती खिकादेबी नेपालले प्रमाण पत्र पुरस्कार ग्रहण गर्नु भएको थियो । सहभागी पहिलो ,दोश्रो, र तेश्रो हुने सहभागीलाइ ३नंम्बर प्रदेशका सामाजीक बिकाश मंन्त्रीले पुरस्कार प्रदान गर्नु भएको थियो ।सामाजीक बिकाश मन्त्री युबराज दुलाललको प्रमुख अतिथ्यतामा टुडीखेलमा भएको कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी गाउँपालीकाका प्रमुख तथा उप प्रमुखहरु लगाएतलाइ मायाँको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बिशेष अतिथीका रुपमा उपस्थित हुनु भएका शिक्षा बिभागका निर्देशक दिनेश श्रेष्ठले नेपाल सरकार शिक्षा मन्ंत्रालयको बालबिकाश केन्द्रको अबधाराणाको परिकल्पनालाइ सिन्धुपाल्चोकले लागु गर्न खोजेको मा धन्यबाद दिनु भयो ।
प्रमुख अतिथी युबराज दुलालले शिक्षा सिकाइमा बालबिकाशको महत्व रहेको छ । जुन कार्यक्रम जसका लागी गरिएको हो त्यो नै सहभागी नभएको बताउँदै बालबिकाश महत्सोव कार्यक्रम अती महत्वपुर्ण काम भएको बताउँदै  संस्कार संस्कृतीलाई बिकाश भनीदैन अबको बिकाश भनेको ठुला ठुला पुल र सडकहरु हुन सक्छ । जसलाइ सिकाइ रहेका छौ जो सिकाउँने भन्दा जान्ने छ ।   कसरी बाबालीकालाइ स्वस्थ्य बनाउँने र कसरी बालबालकिालाइ समय सम्म स्तनपान गराउँने भन्ने बारेमा  सोच्न पर्ने जरुरी रहेको छ । संसारमा कही पनी आमाको दुधको बिकल्पमा पोष्टीक आहारको ब्यबस्था नभएकाले  आमाको दुध बालबालीकालाइ समय सम्म खुवाउँन पर्ने बताउँनु भयो । 
अब प्रदेश सरकारले  प्रत्यक बिद्यालयमा बाल बिकाश केन्द्रको स्थपना गर्दै सहजकर्ताका लागी दर बन्दीको ब्यबस्था गर्ने बताउँनु भयो । उँहाले नेपालमा  कोही पनी बेरोजगार नभएको बेरोजगार भनेको ब्यबस्थित आबश्यकताको शिक्षा नभएको मात्र हो भन्नुभयो।
उँहाले चौतारा बाट जम्मा ५० किलो मिटरको दुरीमा काठमाण्डौ पुग्नका लागी छोटो मार्गको निर्माण गर्न लागेको बताउँनु भयो । यसै बिच चौतारा साँगाचोकगढी नगरपालीकाको आयोजनामा स्तनपान सप्ताह  स्टल पनी राखीएको  थियो  । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालकिाका प्रमुख   अमानसिंतामाङ्ग,   लिशखुंपाखर गापा प्रमुख कमल नेपाल , इन्द्रावती गापाका उप प्रमुख मिरा लामा नेपाल पत्रकार महासघंका  ज्ञानेन्द्र तिमिल्सिना  जिल्ला सम्मन्वय समिती उप प्रमुख बालकुमारी सापकोटा लगाएतले  बालबालकिाका बिकाशका साथै बाल शिक्षाका लागी सबै पक्षबाट  सहयोग गर्न पर्ने बताउँनु भयो ।कार्यक्रम जिल्ला शिक्षा बिकाश इकाइ प्रमुख गौरीशङ्गर पाण्डेको सभापतित्वमा भएको थियो ।

, , , , , ,