बाह्र्बिसे नगरपालीका कर्मचारीबैठक सम्पन्न


 सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालीकामा कार्यरत कर्मचारी हरुको बैठक बसेको छ ।


नगरपालीकाको निती तथा कार्यक्रमको कसरी कार्यन्वयन गर्ने र नगरपालीका बाट प्रदत्त सुबिधालाइ कसरी नागरिकको घर आँगनमा पुर्रयाउँने भन्न्ो बिषयमा केन्द्रित बैठकमा सबै कर्मचारीहरुले आआफ्नो फाँटमा आइ पर्ने काम हरुको  कसरी तत्काल कार्यन्वयन गरेर सेवालाइ छिटो र छरितो बनाउँने  भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।
बैठकमा प्रमुख प्रशाशकिय अधिकृत प्रेम बहादुर देसारले  नगरपालीकामा हरेक प्रकारका  सेवा लिन आउँने नागरिक सबैले नगरका निती नियम बुझेका हुँदैनन उँहाहरुलाइ नगरको निती निर्देशिकाहरु का बारेमा जानकारी दिएर सेवा लिन र दिन हामी कर्मचारीको महत्वपुर्ण र मुख्य जिम्मेवारी भएको हुँदा यस सम्बन्धमा सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्न पर्ने बताउँनु भएको छ ।
 हाम्रा समचार श्रोतका अनुसार हरेका काम कार्यहरुमा ढिला सुस्ती नगरिकन  सेवा अगाडी बढाउँने र नगरपालीकाले शुरु गर्न लागेको सम्पती कर उद्योग दर्ता तथा बिभिन्न खालका नितीहरु कार्यन्वयनमा ल्याउँनका लागी बिषेस पहल गर्न पर्ने समेत बताउँनु भयो ।
प्रमुख प्रशाशकिय अधिकृत देसारको अध्यक्षतामा मंङ्गल बार बिहान बसेको बैठकमा नगर पालीकामा कार्यरत कर्मचारी तथा वडा कार्यलयका वडा सचिबहरुको उपस्थिती रहेको थियो । 


, , ,