नेबैली मेलम्ची शाखासर्ने, शाखा प्रबन्धकको नियतमा आशंका



 नेपाल बैँक लिमिटेड, मेलम्ची शाखाको कार्यालय अहिले रहेको स्थानबाट बजारनजिक सर्ने भएको छ । बैँकको सर्ने निर्णयसँगै शाखा प्रबन्धक रामचन्द्र विश्वकर्माको नियतमा आशंका गर्दै सर्वसाधारणले यस विषयमा प्रश्न उब्जाएका छन् । अहिले बसेको घर मासिक २० हजारमा बसिरहेकोमा अब बस्ने घरमा ४५ हजार भाडा तिर्न खोज्नुको कारण खोजिएको छ ।

अहिले बस्दै आएको घरमा दसवर्षे सम्झौता गरी बस्न थालेको  दुई वर्षमात्र बितेको घरधनी हरि दुलालले बताउनुभयो ।

अहिले बैँक भएको ठाउँनजिक इलाका प्रहरी कार्यालय भएकाले पनि सुरक्षा राम्रो हुनेहुँदा सर्नु उपयुक्त नहुने सेवाग्राहीको भनाइ छ । बैँक सर्ने विषयमा सुरक्षागार्ड तथा कर्मचारीहरुले अहिलेकै ठाउँमा ठीक छ भन्दा शाखा प्रबन्धक रामचन्द्र विश्वकर्माले आफू  २ महिना बस्ने हो, तपाईंहरु पनि एकदुई वर्ष बस्ने हो, सरेर के फरक पर्छ र भन्ने जवाफ दिनुभएको बताइएको छ ।

बढी भाडा तिरेर, प्रहरी सुरक्षाभन्दा बाहिर जान खोज्नुका कारणबारे शाखा प्रबन्धक रामचन्द्र विश्वकर्मालाई प्रश्न गर्दा अहिले एटीएम राख्ने ठाउँ नभएको, अहिले भएको ठाउँमा पनि भाडा बढाउनपर्ने माग आएको बताउनुभयो । उहाँले सुरक्षाको पनि कुनै समस्या नभएकाले प्रहरीको नजिक बस्नु आवश्यक नभएको पनि बताउनुभयो ।

संस्थाको हितकै लागि काम गरेको शाखा प्रबन्धक विश्वकर्माले बताउनुभएको छ । अहिले प्रतिस्पर्धाको समय भएकाले बजारनजिक आउनुपरेको उहाँको भनाइ रहेको छ । तर स्थनयिहरु भने बैङ्क का कायृलय राख्ने जिम्मा त शाखा प्रबन्धकको होला तर बिना कारण महङ्गो भाडा तिरेर सर्न पर्ने कुनै कारण  देखीदैन  कारण भए पनी सञ्चार माध्ययमबाट सार्बजैनिक गरेर  टेण्डर मार्फत गर्न पर्ने हो यसरी गर्दा प्रबन्धक माथी शङ्का गर्ने ठाउँ रहेको बताउछन ।

, , ,