पत्रकार न्यौपानेप्रती प्रेसकाउन्सिल द्धारा शोक प्रस्ताब



बरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको निधन भएको छ ।

प्रेसकाउन्सिल नेपालका  पुर्ब सदस्य समेत रहनु भएका न्यौपानेको निधन प्रती प्रेस काउन्सिल नेपालले शोक प्रस्ताब समेत पास गरेको छ । काउन्सिलका सुचना अधिकारी  दिपक खनाल द्धारा जारी शोक बक्तब्यमा भनीएको छ ,प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको असमायिकनिधनभएको खबरले काउन्सिल परिवार स्तव्धभएको छ ।उहाँको यहीभाद्र ६ गते बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थितनिवासमानिधनभएको हो । पारिवारिक स्रोतको अनुसार उहाँपछिल्लो समय उच्च रक्तचापबाट ग्रसितहुनुहुन्थ्यो ।
लमजुङ्मा जन्मनुभएका ८४ बर्षिय न्यौपाने वि.सं. २०४०÷२०४१ सालमाकाउन्सिलको सदस्यरहनुभएको थियो ।वि.सं. २०१९ देखि २०४९ सम्म गोरखापत्र दैनिकमाविभिन्नपदमा रहेर भूमिकानिभाउँदै उहाँप्रधानसम्पादक समेत बन्नुभएको थियो ।
पछिल्लो समयउहाँसाप्ताहिकजनसत्ताकाप्रधानसम्पादक हुनुुहुन्थ्यो । प्रेस काउन्सिल नेपालको बुधबार बसेको बोर्ड बैठकलेन्यौपानेको निधनप्रतिगहिरो दुःख प्रकट गर्दै एक शोक प्रस्तावपारित गरेको छ । साथै, उहाँप्रतिश्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रतिहार्दिक समवेदना प्रकट गरेको छ ।