वर्षासँगै बाढीको त्रासमा बाह्रबिसेवासी

अविरल वर्षासँगै बाढीको जोखिम बढेपछि केही दिन अगाडिदेखि प्रत्येक रात बाह्रबिसे बजारदेखि माथिल्लो बस्ती ओख्रेनी सम्म रातभर त्रसित र ज्यान बचाउन सुरक्षित स्थानको खोजिमा नै रात बित्ने गरेको छ ।
गत साउन ३० गते बाह्रबिसे नगरपालिका वडा न ४ को ओख्रेनी भिर्कुनामा आएको पहिरोको कारणले भिर्कुना हुँदै ओख्रेनी र त्यस भन्दा तलका घरहरु धान खेत ठूलो क्षेती पुर्याएको  थियो भने शुक्रबार राती सादी खोल्सामा आएको भिषण बाढीले बाह्रबिसे हुँदै खुर्सानीवारी, तातोपानीसम्म जोड्ने पक्की पुल बाह्रबिसे बजारको खुर्सानिबारी नजिकै  बगाउँदा बाह्रबिसे बजारमा बाढी पसेको छ । अब यो पुल  बगाउँदा बाह्रबिसे बजारमा थप भयभित र जनजीवन थप त्रसित हुनुको साथै रातभरी सुरक्षित स्थानको खोजिमा भागभाग भएको छ ।
बाह्रबिसे बजारदेखि माथिल्लो ग्रामिण भेगको अबस्था हेर्दा अझै झन जोखिममा र भिषण बाढी आउने संभावना छ । हाल सम्म करिब ५०० वटा रुख बिरुवा बगाएको छ भने बाह्रबिसे न पा ३ काभ्रे डाडा स्थित एक घर र करिब ५ रोपनी खेत बगाउँदा अबको सुरक्षित बसाइ र जीवन रक्षाको लागि कहाँ जाने के गर्ने पीडित कृष्ण माया खड्काले बताउनुभयो । घर त बगायो बगायो अबको केहि दिनमा बाँकी रहेको धान खेत पनि बगाउने उच्च जोखिम रहेको उहाँले दुखेसो पोख्नुभयो ।
यति ठूलो जोखिममा पनि सरकारी पक्षबाट ध्यान दिएको छन् । कुन उपाए नखोज्ने हो भने अबको केही दिनमा बाह्रबिसेमा भयानक क्षेती हुने सम्भाबना रेहेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.