मेलमिलाप सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

सागर खड्का/मेलम्ची- हेलम्बु गाउंपालिकाका अध्यक्ष निमाग्यालजेन शेर्पाले जनताहरु संघियता बिरोधी नहुन नयां मुलुकि ऐन बारे जानकार हुनुपर्नेमा जोड दिनुभएको छ ।
हेलम्बु  गाउंपालिकामा आयोजित न्यायिक समिति वडा अध्यक्ष र मेलमिलापकर्ताहरु बिच सामुदायिक मेलमिलाप सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा यस्तो कुरा बताउनुभयो । कुनै पनि समस्याको बिवाद समाधानगर्दा बास्तबिकता बुझेर राजनैतिक पुर्वाग्रह नराखि,  नयां कानुनको राम्रो अध्ययन गरेर मात्र काम गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।
प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका जिल्ला संयोजक उद्धब अधिकारीले स्थानीय सरकार संचालन ऐनको धारा ४७ मा देशका ७५३ वटै स्थानीय तहमा कम्तिमा एउटा मेलमिलाप केन्द्र हुनुपर्ने ब्यवस्था रहेको र जनताको हितमा आधारीत बिवाद निरुपण गर्न मेलमिलाप केन्द्रको स्थापना भएको प्रष्ट पार्नुभयो । कुनै पनि विवाद समाधान गर्नुपुर्व नराम्रो हैन राम्रोबाट हेर्ने बानीको सुरुवातगर्न मेलमिलापकर्तालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा पुर्व संबिधान सभा सदस्य डोल्मा तामाङले भौगोलिक बनावट अनुसारको समस्या आउने भएकाले मेलमिलापकर्ताहरुको सोही अनुसार क्षमता विकास गर्न आवश्यक भएको औल्याँउनुभयो ।
अधिवक्ता एवम् स्थानीयवासि बिनोद कुमार लामिछानेले न्यायमा सबैको पहुँचको अबधारणामा मेलमिलाप केन्द्रको सुरुवात भएकोले गाउँपालिकाको अभिन्न अँगको रुपमा विकास गर्दै लैजानुपर्ने बताउनुभयो । मेलमिलाप केन्द्रले सहजिकरण मात्र गर्ने भएकाले यसको गोपनियतामा बिशेष ख्याल राख्नुपर्ने अन्यथा दुष्प्रचार हनसक्नेमा सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्ल, वडा अध्यक्षहरु छिरीङ तामाङ, खेतनाथ घिमिरे लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
हेलम्बु गाउंपालिकाकी उपाध्यक्ष एवमं न्यायिक समिति संयोजक कोपिला पण्डितले मेलमिलाप केन्द्रको स्थापनाले न्यायिक क्षेत्रमा काम गर्न सजिलो भएको र अबका दिनमा उत्कृष्ट न्याय सम्पादन गर्ने मेलमिलापकर्तालाई पुरस्कारको व्यवस्था गरिने जानकारी दिनुभयो ।
कार्यक्रम प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना, हेलम्बु गाउंपालिकाको समन्वय र द यसिया फाउन्डेसनको सहयोगमा भएको हो ।


,