विभिन्न कार्यक्रमका साथ स्तनपान सप्ताह सम्पन्न

विना श्रेष्ठ/‘स्तनपान, जीवनको आधार’ भन्ने नारासहित स्तनपान सप्ताह मनाइएको छ । नेपालसहित विश्वभर बुधबारदेखि एक हप्तासम्म आमा र बच्चाको सम्बन्ध र त्यसमा स्तनपानको महत्वका बारेमा चर्चा गर्दै यो सप्ताह मनाइएको हो ।
यसैबीच भोटेकोशी गाउँपालिकामा २६ औं विश्व स्तनपान सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रियात्मक विधिबाट सम्पन्न गरिएको छ । भोटेकोशी गाउँपालिका कार्यालयको आर्थिक सहयोग तथा टुकि संघ सुनकोशी सु–आहारा–२ को प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

मार्मिङ स्वास्थ्य चौकीमा गाउँपालिकाबाट प्रमुख प्रसासकिय अधिकृत दिपेन्द्र कुमार रेग्मी, स्वास्थ्य संयोजक रेजिन्द्रप्रसाद सुवेदी तथा अध्यक्ष सुपा लामा, आमा समूहको अध्यक्ष लगायत सुनौलो हजार दिनको आमाहरुको उपस्थितिमा स्तनपान सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रिया गरि सम्पन्न गरिएको हो । स्तनपान सम्बन्धि जन्मेका १ घण्टाभित्रै आमाको विगौति दुध खुवाआंै, बच्चालाई ६ महिनासम्म आमाको दुधमात्र खुवाऔं तथा ६ महिना पश्चात् आमाको दुध साथै थप खाना खुवाउँदै २ वर्षसम्म यो प्रक्रिया निरन्तर गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न पुर्ण स्तनपान गर्ने शिशुहरुलाई निमोनिया, झाडापखाला, रुघाखोकी जस्ता प्राणघातक रोगबाट बच्न सकिन्छ भन्ने कुराको कार्यक्रममा छलफल गरिएको थियो । जति बच्चालाई स्तनपान गरायो त्यति नै शक्ति उत्पन्न हुने हुँदा बच्चाको लागि आमाको दुध अमृत सम्मान पौष्टिक आहार हो भन्ने बारे कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार रेग्मीले सुनौलो हजार दिनका आमाहरुको लागि प्रत्येक आइतबार बिहान ७ः३० बजे, दिउँसो १ ः ०० बजे र बेलुकी ९ ः २५ बजे ‘भन्छिन् आमा’ रेडियो कार्यक्रम सुन्न महत्वपूर्ण भएको बतनउनुभयो । साथै उहाँले परिवार नियोजन सम्बन्धि जानकारीको लागि आइभीआर नम्बर ९८०१५७२०२० (एनसीएल) बाट बुझ्न सकिन्छ भनि जानकारी दिनुभएको छ ।