जुगलको बिषयमा तिन हाइड्रेपावरको बिज्ञेप्ती

लोकप्रिय समचार जुगलगाउँपालीका
सिन्धुपाल्चोक जिल्ला अन्तरगत रहेको जुगल गाँउपालीकामा भ्रष्ट्र्र्चार भएको भनी  परेको उजुरीका बिषयमा हाइड्रेपावर कम्पनीहरले धयानकर्षण जनाएका छन । गाँउपालीका महासंघका अध्यक्ष समेत रहनु भएका होमनारायण श्रेष्ठले हाइड्रेपावर कम्पनी बाट निशुल्क डोजर प्रयोग गरेर पालीकाको बजेट भाडाबापतको बिल बनाएर भ्रष्टचार गरेको भन्ने आशयको समचारहरु प्रकाशन भए पछी कम्पनीहरले यसरी ध्यानार्कषण भएको जनाएका छन । धादीङ्ग कात्तीके  तेन्वाथान सडक निर्माण गर्दा बलेफी हाइड्रे पावर कम्पनीलिमीटेड,गेलुङ्गखोला हाइड्रे पावर कम्पनी लिमीटेड, र  मुनलाइट हाइड्रेपावर कम्पनी ले संयुक्तरुपमा बिज्ञेप्ती प्रकाशन गरी जुगल गाँउपालकिालाइ  कम्पनीहरुले एक एक वटा स्काइभेटर एक एक महिनाको लागी निशुल्क उपलब्ध गराएको बताउँदै त्यसमा लाग्ने इन्धन तथा अपरेटर खर्च गाउ पालीकाले ब्यहोरेको प्रष्ट पारेका छन । यसरी बिज्ञेप्ती प्रकाशन गर्नेहरुमा  बलेफी हाइड्रे पावर कम्पनीलिमीटेडका उमेश कसजु,गेलुङ्गखोला हाइड्रे पावर कम्पनी लिमीटेडचुर्णप्रसाद श्रेष्ठ, र  मुनलाइट हाइड्रेपावर कम्पनीलिका तर्फबाट सन्दीब जिसी रहनु भएको छ ।

जुगलगाउँ पालीकामा ब्यापक भ्रष्टचार भएको भनी उजुरी परेको बताइरहँदा पालीकाका प्रमुख होम नारायण श्रेष्ठ भने यसमा सत्यता नभएको र आफुलाइ बिकाशे रकममा भ्रष्टचार गरेर खान नपर्ने बताउँदै  आफुले गरेका कामको बिरोधका लागी मात्र बिरोध भएको हो भन्नु हुन्छ । जिल्लाको मात्र नभएर देशभरीकै गाँउपालीकाको बिकाशको कामको पारदर्शीताका बिषयमा आफ्नो जिम्वेवारी रहेको समयमा आफ्नै पालीकामा यसरी अनियमितता गर्न कसरी सकिन्छ ? भनी उल्टै प्रश्न गर्दै समृद्ध गाउँ निर्माण गरेर समृद्ध नेपाल निर्माणमा लाग्न सबैमा आग्रह समेत गर्नु भएको छ ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.