बिद्यालय सुशान प्रणालिमा पारदर्शिता कार्यक्रम क्षेत्रपालेश्वरिमा

लोकप्रियसमचारदैनिक
बिद्यालय सुशान प्रणालिमा पारदर्शिता र जवाफदेहिता परियोजना अन्र्तगत पहिलो कार्यक्रम पाँचपोखरि थाङ्कपाल गाँउपालिकाको  क्षेत्रपालेश्वरि माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।  वडा नं ७ र ८ को वडा शिक्षा समितिको को समन्वय र सामुदायिक सदस्य हित कमिटेडको आयोजनामा उक्त अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा वडा नं ७ र ८ का प्रध्यानाध्यापक बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिक्षक अभिभाबक सँघ सँयोजक र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाँच बर्षे गाँउपालिकाको  शिक्षा मस्यौदामा छलफल भएको थियो ।कार्यक्रमको सहजिकरण पाँचपोखरि थाङ्गपाल गाँउपालिकाका स्रोत ब्यक्ति उद्धव प्रसाद चौलागाइले गर्नुभएको थियो भने । वडा नं ७ को वडा अध्यक्ष सार्कि तामाङ्ग को सभापतिमा सम्पन्न भएको थियो । कार्यक्रम भालि वडा नं १ बासँखर्क र वडा नं २ बरुवा  को  यसै बिद्यालयमा सन्चालन हुने छ

, ,