केवलकार निर्माणको जिम्मा सिन्धु हिमालयनलाई

पाँचपोखरी थाङपाल गाउँपालिकाले भोताङदेखि पाँचपोखरीसम्मको साढे छ किलोमिटर केवलकार निर्माण गर्न सिन्धु हिमालयन केवलकार कम्पनी प्रालिलाई अनुमति दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । करिब २ अर्ब अनुमानित लागत रहेको योजनाको डिपिआरको काम यसअघिनै सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७५/०७६को विनियोजित बजेट कार्यान्वयनका लागि उपभोक्ता समितिहरु भदौ मसान्तसम्ममा गठन गरिसक्ने र अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

यस्तै बढी काम बढी सुविधा नीति लिने गरी कर्मचारी मूल्यांकन समिति गठन, पहिरोबाट जोखिम स्थानहरुको पहिचान गर्न अनुगमन समिति गठन गर्नुुका साथै सबैलाई बैकिङ सेवाको पहुँचमा ल्याउन एक घर एक खाताको अभियान  सञ्चालन गर्ने लयायतका निर्णय भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.