घरै पिच्छे वैदेशिक रोजगारीमा एकै वडाका १६१ महिला इराकमा

राम के.सी/चौतारा- सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका ५ मार्मिङका एकैघरका चारजना सम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।
नेपाल सरकारले खुला नगरेपनि भारतको वाटो भएर इराक जाने त्याहाँका २४७ जना मध्ये १६१ जना महिला रहेको माइती नेपालले प्रत्येक घरमा गएर हालै गरेको सर्भेक्षणवाट उक्त तथ्य पत्ता लागेको छ ।
गाउपालिकाको सो वडा मध्ये साविक मार्मिङ गाविसको वडा नं.४ मा पर्ने छयादी, पाखेरे र गोल्ची गाउँ वाट मात्र ५२ जना र पुरुष ३० गरि ८२ जना इराक गएको देखिन्छ । प्रमुख रुपमा तामाङ र शेर्पाको वसोवास रहेको सो गाउँमा वालवालिका  र वृध्द वृध्दाहरु मात्र घर रुँगेर वसेकाछन् ।
एकै घर वाट नन्द भाउजु, देवर लगायत चार जना सम्म वैदेशिक रोजगारीमा देखिन्छ । आफ्नो आमाबावु दुवैजना वैदेशिक रोजगारीमा गएकोमा वालवालिकाहरु प्रफल्ल देखिन्छन् भने नजाने घरका वालवालिकामा भने खिन्नता र केहि हिनतावोध महसुस भएको भेटिएको माइती नेपालकी जिल्ला संयोजन पवित्रा धिमिरेले वताउनु भयो ।
उक्त वडावाट गत आर्थिक वर्षमा महिला र पुरुष गरि कुल ६९१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ । इरानमा जाने महिलाहरु कोही चार वर्ष र कोही दुई वर्ष वसेर घर फकिर्ने गरेकाछन् । उनीहरुलेनै आफ्ना परिवारका सदस्यलाइ लिएर जाने गरेको सर्भेक्षण वाट पत्ता लागेको हो ।
माइती नेपनलको अनुसार वैदेशिक रोजगारीमा जाने मध्ये इराक, कुवेत, जापान, अष्ट्रेलिया र अमेरीका गरि महिला चार र पुरुष चार गरि आठजना  समस्यामा परेको भेटिएको छ ।
२०७२ सालको भुकम्पवाट तातोपानी नाका पन्द हुनु अधि त्याहाँका महिलाहरुको प्रमुख गन्तव्य खासा रहेको थियो । आर्थिक वर्ष ०७४÷७५ मा जिल्लावाट ४३१७ र जिल्लाको सिफारिशमा परराष्ट्र मंत्रालयवाट ४७४७ सहित ९०६४  जनाले राहदानी पाएका थिए । राहदानी पाउने मध्ये वैदेशिक रोजगारीमा जाने सवै भन्दा वढी मेलम्ची नगरपालीका वाट १२३५, सवै भन्दा कम त्रिपुरासून्दरी गाउपालिकामा ४०५ जना रहेको छन् । जिल्लामा सवैभन्दा वडी महिला वैदेशिक रोजगारीमा जानेमा भोटेकोशी गाउपालिका पर्दछ । त्यहावाट ५०३ जना महिला वैदेशिक रोजगारीमा गएको तथ्याङकले देखिएको छ ।
विगतका वर्षहरु देखि देशका विभिन्न भागवाट खासामा मानव तस्करीमा वृध्दि हुन थालेपछि रोकथामको लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको थियो । नाकावन्दी भएपछि हाल वन्देउमा कार्यालय स्थापना गरि आफ्नो कार्य सञ्चालन गर्दै आएको छ । रासस   


,