प्रि बुकिङ सफलताः २ घण्टामा २ हजार फोन विक्री


काठमाडौंः  हुवाई नोभासिरिज अन्तर्गतको बहुप्रतीक्षित स्मार्टफोन नोभा थ्री तथा नोभा थ्री आई ले २ हजार वटा फोन बिक्री गरी अग्रिम बुकिङ व्यापारको नयाँ रेकर्ड कायम गरेको छ ।

औपचारिक सार्वजनिक गरिएको केहि दिनभित्रै साउन ३० गते हुवाईले २ घण्टामा नै २ हजार वटा फोन विक्री गरेको हो । सो विक्री बेलुकी ५ः०९ देखि ७ः०९ भित्र गरिएको थियो । अग्रिम बुकिङ गरेका ग्राहकहरुले स्वतः नोभाथ्रीको पोर्टेबल प्रिन्टर तथा नोभाथ्रीआईको पोर्टेबल स्पीकर जितेका छन् ।

अग्रिम बुकिङको सफलताले नोभा–थ्री तथा नोभाथ्री आई स्मार्टफोलाई नै पक्कै पनि उचाइमा पु¥याएको छ । पहिलो पटक हुवाईले ग्राहकहरुले फोन किन्न लामबद्ध भएको प्रत्यक्ष अनुभव बटुल्यो । यसले हुवाईलाई थप हौसला दिएको छ भने गर्व महसुस गराएको छ ।

दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन् ।

ग्राहकहरुलाई सुपथ मूल्यमा यति धेरै विशेषता भएका फोन प्रयोगका लागि उपलब्ध गराउन पाउँदा हुवाईले गर्व गरेको बताइएको छ । नोभाथ्रीको बजार मूल्य ५९ हजार ९ सय रुपैयाँ रहेको छ भनेर नोभाथ्री आईको मूल्य ३८ हजार ९ सय रुपैयाँ रहेको छ । हुवाईको बहुप्रतीक्षित स्मार्टफोनहरुको विक्री श्रावण ३० गतेबाट सुरु भएको छ ।

हुवाई नोभाथ्रीको रियर क्यामरामा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपीआर जीबी सेन्सर जडान गरिएको छ । यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि अधिकतम नियन्त्रण पनि दिने गर्दछ ।

हुवाई नोभाथ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ । 

सेल्फी तस्वीरहरुलाई अझ राम्रो बनाउन नोभाथ्री तथा नोभाथ्रीआईमा तस्वीरको प्रकार चिन्ने सिन रेकग्निसन प्रणाली जडान गरिएको छ । हुवाई नोभाथ्री तथा हुवाई नोभाथ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै एआई क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाइमा पुर्याउँछ ।

सेल्फी खिच्ने क्रममा फ्रन्ट क्यामराले त्यसमा जडित आर्टिभिसल इन्टेलिजन्सको प्रयोग गर्दछ र ब्लु स्काई, बिच, नाईटजस्ता ८ विभिन्न तस्वीर समूहहरुमा विभाजित समूहमा छुट्याउँछ ।