ब्राइट भिजन इङ्लिस स्कुल डडुवामा वक्तृत्वकला

समुदायमा आधारित विद्यालयभन्दा निजी विद्यालयमा अभिभावक तथा विद्यार्थीहरु आकर्षित हुन थालेको हुँदा निजी विद्यालयलाई पनि स्रोत र साधनको व्यवस्थापन गर्न आवश्यक भएको जिल्ला शिक्षा समितिको संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताउनु भएको छ । वर्तमान शिक्षा नीतिले सामुदायिक विद्यालयलाई प्राथमिकता दिएको, सामुदायिक विद्यालयलाई निर्माण अनुदान समेत दिएको भएतापनि निजी विद्यालयहरुमा शिक्षा सिकाइएको कारण यात्री आकर्षित भएको हुनसक्ने बताउनुभयो । उहाँले नेपाल नीजि तथा आवसीय विद्यालयले आयोजना गरेको जिल्लाव्यापी वतृत्वकला तथा साँस्कृतिक कार्यक्रम प्रतियोगिताको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ स्थित ब्राइट भिजन इङ्लिस स्कुल डडुवामा भएको कार्यक्रमको उद्घाटन गर्दै तामाङले केही सामुदायिक विद्यालयको शिक्षा खस्केको भन्ने अभिभावकको भनाई आएको छ । त्यसलाई सरकारले छानविन गरेर स्तरीय शिक्षा विकासको लागि अगाडी बढाउन घोषणा अगाडी सारेर काम गर्नुपर्ने बताउँदै शिक्षा विकासमा सामुदायिक विद्यालय र निजी विद्यालय बिच प्रतिस्पर्धा भइरहेको बताउनुभयो । ब्राइट भिजन इङ्लिस स्कुलले यसरी वक्तृत्वकला लगायतका प्रतियोगिता गरेकोमा धन्यबाद सहित यस्ता कामलाइ प्रोत्साहन गरिरहने .बताउनुभयो ।  कार्यक्रमका बिषेश अतिथी  वडा र्नं १४ का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले  आफनो वडाका कोही पनी नागकि शिक्षाबाट बञ्चीत हुनहुदैन भन्दे वडाले पर्याप्त मात्रमा  वडा भित्र रहेको ३ वटा सामुदायक बिद्यालयलाइ अनुदान समेत दिदै आएको तर सामुदायक बिद्यालय भन्दा गुणस्तरीय शिक्ष प्रदान गर्न वडामा ब्राइट भिजन इङ्गलीस स्कुलले पहिलो स्थान हासिल गरेकोमा ब्राइट भिजनलाइ धन्यबाद दिदै  यसै बिद्यालयका कारण  वडाको उच्च बिद्यालयलाइ  शिक्षा प्रदान गर्न सहज भएको हुँदा यसको स्थाइत्वका लागी खाने पनी लगाएतका समस्याहरु वडाबाट सम्बोघन हुने बताउँनु भयो । शिक्षा बिद तथा समाजसेवी राम प्रसाद नेपालले    डडुवामा सामुदायक बिद्यालय भन्दा पनी निजी बिद्यालयले शिक्षा शिकाइमा उपलब्धी गरेको हुदा स्थानीय हरु बोर्डीङ्ग प्रती आकर्शीत भएको बताउँनु भयो ।  कायृक्रममा नेशनलप्याब्शन सिपाका अध्यक्ष श्री दामोदर भारतीले यसरी निजी बिद्यालयहरुले शिकाइका लागी प्रयोगात्मक शिक्षालाइ पनी बिषेश जोड दिए कै कारण नेपालमा निजी बिद्यालयहरुको प्रगती भएको बताउँनु भयो । उँहाले सरकारी पक्षबाट पनी निजी बिद्यालयलाइ हेर्ने दृष्टीकोणमा फरक आउँन थालेको ले यस तर्फ सरकारको ध्यानकार्षण गराउानु भयो । ब्राट भिजनका प्रिन्सिपल शन्त घिमीरे कार्यक्रम संञ्चालन गर्दै कार्यक्रममा उपस्थिती सबैलाइ बिषेश धन्यबाद दिदै सहभागी हरुलाइ यस्ता कार्यक्रममा सहयोग गरेकोमा  आफुहरुले सधै प्रशंसा गर्ने बताउँनु भयो ।  जिल्लाद स्तरिय बतृत्वकला कार्यक्रममा  जुनियर र सिनीयर तर्फ  सामुहीक रुपमा प्रथम स्थान हासिल गर्न सफल हुने इष्टप्वाइन्ट एकेडेमी हेलम्बु गाउँ पालीका महाङ्काल, दोश्रो स्थान प्राप्त गर्ने आयोजक संसथा  ब्राइट भिजन इङ्गलीस स्कुल डडुवा र तेश्रो स्थान हासिल गर्ने  सुनकोशी इङ्गलीस स्कुल केउरिनी  लाइ  वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ ले  ट्रफी र एन प्याबशनका जिल्ला अध्यक्ष भारतीले प्रमाण पत्र र डडुवा भवानी शङ्कर माबीका शिक्षक अभिभाबक संघका अध्यक्ष उद्धब नेपालले मेडल प्रदान गर्नु भएको थियो । 

Lokpriyasamachar@. Powered by Blogger.