भ्रष्ट्राचारी उम्कन नहुनेः तामाङ

देवराज सुवेदी/पूर्व कानुन् न्याय तथा संसदीय मामिला मन्त्री तथा सांसद शेरबहादुर तामाङले कि भ्रष्टाचारी सकिए कि म सकिएँ भन्ने भनाइ दोहोर्याउनुभएको छ । उहाँले पदमा रहनु नहरनु गौण कुरा रहेको भन्दै भ्रष्टाचारी उम्किन नहुनेमा पनि जोड दिनुभयो ।
मेलम्ची नगरपालिका वडा नं ११ ले आयोजना गरेको आवास सम्पन्न गर्नेलाई प्रमाणपत्र वितरण कार्यक्रममा हिजो यस्तो बताउनुभएको हो ।

उहाँले सिन्धुको शिर निहुर्याउने काम नगरेको र सधैं सिन्धुको शिर उच्च राख्न काम गर्ने बताउनुभयो । कार्यक्रममा १ नं प्रदेश सांसद उषाकला राईले सिन्धुपाल्चोकको सडकको अवस्था कमजोर रहेका यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले यसै वर्ष आवास निर्माण सम्पन्न गर्न नगरवासीलाई आह्वान गर्नुभयो । नगरले कृषि, शिक्षालाई महत्व दिई काम गर्ने बताउनुभयो । कृषिमा आत्मनिर्भर बनाउने विशेष कार्यक्रम गर्ने पनि प्रमुख अर्यालले बताउनुभयो ।
११ नं वडामा १२ सय उनन्सत्तरी घर रहेकामा चार सय पचास घर सम्पन्न भएका छन् । आवास निर्माण सम्मपन्न गरेका घरधनीलाई प्रमाणपत्र वितरण गरिएको छ । आवास निर्माणमा जाइकाले पनि प्राविधिक सहयोग पु्र्याएको थियो । कार्यक्रम वडाध्यक्ष रुद्र दुलालको अध्यक्षता भएको थियो ।

,