सिन्धुपाल्चोकका अपहरित बालकको हत्या, दुई अपहरणकारीको ‘इन्काउन्टर’

सिन्धुपाल्चोक ज्यामिरे–९ स्थायी घर भई काँडाघारीमा बस्ने ११ वर्षिय निशान खड्काको हत्या भएको छ । खड्काको शव ठिमीमा श्याम लवटको निर्माणधिन घरमा गाडिएको अवस्थामा भेटिएको छ ।
अपहरण गर्नेहरु पनि प्रहरीको गोलीबाट मारिएका छन् । अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका  हुन् । दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताउनुभयो । भक्तपुरको सूर्यविनायकस्थित पाइलट बाबा आश्रम जाने जंगलमा इन्काउन्टर भएको हो ।

उनीहरुले आइतबार नै बालकको हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ ।  फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन् ।
अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन् । उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए । साँझ उनले नै अपहरण गरी लगेका हुन् ।
अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए ।
घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए । अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए ।

,