पुनर्निर्माण समयमै नहुने आशंका

भुकम्पपछि क्रमिक तङ्ग्रने कोशिस गरेको सिन्धुपाल्चोकको पुनर्निर्माणले सोचे अनुरुप अगाडी नबढेको सरोकारवालाहरुको मतक्यता पाइएको छ ।
जिल्लामा भुकम्पपछि बन्दै गरेको अधिकांश सरकारी भवनहरुको सम्झौतामा तोकिएको सम्पन्न गर्ने अन्तिम मिति सकिनै लागे पनि काम सन्तोषजनक छैन । तर आगामी जुन २०१९ भित्र १३ वटै भवन सम्पन्न गरिसक्नु पर्ने चुनौति निर्माण व्यवसायीलाई परेको छ ।
हिजो ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा संचालित भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत निमार्णाधिन सरकारी भवन अवलोकन कार्यक्रममा यस्तो देखिएको हो । अवलोकनको क्रममा बन्दै गरेको प्रमुख जिल्ला अधिकारीको आवास निमार्णमा कमसल बालुवा प्रयोग गरिएको पाइएको अवलोकन टोलिकी सदस्य तथा जिल्ला समन्वय समिति उपप्रमुख बाल कुमारी सापकोटा बताउनुहुन्छ ।
 अधिकांस भवन निमार्ण स्थलमा प्रयाप्त कामदार नभएकोले समयमा नै काम सकिने कुरामा विश्वस्त हुन नसकिए पनि यस्तो विषम परिस्थीमा यतिको काम हुनु सकारात्मक नै मान्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको धारणा छ । 
यतिका संख्यामा सरकारी भवन बन्दै गरे पनि काम गर्ने कामदारको सुरक्षा बारे कुनै पनि  निमार्ण व्यवसायी सचेत भएको पाइएन । उनीहरुको सुरक्षा सामग्री हेल्मेट, चस्मा, पञ्जा जस्ता सामग्रीको प्रयोग कहि पनि नभएको भेटियो । यसै क्रममा जिल्लाकै सदरमुकाममा रहेको जिल्ला अस्पतालको पुनर्निमाण अवस्था बारे पनि टोलिद्वारा अवलोकन गरिएको थियो भुकम्प गएको ३ वर्ष बिति सक्दा पनि भग्नाबशेष दाताले पन्छाउने कि स्थानियले भन्ने विषयमा निश्कर्षमा पुग्न नसकी हाल सम्म पनि यसको निमार्ण कार्य सुरु हुन सकेको छैन । सोहि दिन  ऐतिहासिक पुरातात्विक सम्पदा कृष्ण मन्दिरको अवस्था बारे पनि अवलोकन गरेको छ ।
हाल सम्म पनि ११० वर्ष पुरानो कृष्ण मन्दिर टिनको छानामा पुरानै स्वश्रपमा फर्कने दिनको गन्तीमा छ । करिब १०० मिटरको दुरीमा रहेको एकै दिन क्षति भएको भिमसेन मन्दिरको पुनर्निमार्ण भइसकेको तर वि.स. १९६३ ताका बनेको सय वर्ष भन्दा बढी पुरानो मन्दिरको पुननिमार्ण बारे गत ७४ माघमा कहि कतै पनि छलफल नचलेकोले ट्रान्ससपरेन्सी इन्टरनेशनल नेपालकै समन्वयमा छलफल आयोजना गरिएको थियो ।
उक्त अन्र्तक्रिया कार्यक्रमबाट नै ७ सदस्यको कार्यदल समेत बनाई काम गर्ने भनिए पनि  कुनै पनि ठोस प्रकृया अगाडी बढेको छैन । कार्यक्रममा मन्दिरको ऐतिहासिक महत्व बारे वडाध्यक्ष नरमान श्रैष्ठले  जानकारी गराउनु भएको थियो ।
उक्त मन्दिर धार्मिक मात्रै होइन शैक्षिक विकासको पनि जग रहेको बताउनु भयो । कृष्ण विद्याश्रमबाट सुरुभएको शैक्षिक विकासमा हाल कृष्ण, रत्न, गंगा मावि सम्म आएकोले कृष्ण मन्दिर शैक्षिक विकासको पनि जननी भएको उहाँले बताउनु भयो ।
उक्त अनुगनमा जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, जिल्ला आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) प्रमुख माधवजंग कार्की, मानब अधिकार निगरानी समुह संगोजक रामचन्द्र बस्नेत लगायतको टोलिबाट उक्त अवलोकन सम्पन्न गरिएको परियोजना जिल्ला अधिकृत उमेश विश्वकर्माले जानकारी दिनु भएको छ ।

,