स्थानीय बिकाशमा कसैले पनी अबरोध गर्न नहुने प्रजिअ अधिकारी

लोकप्रिय समचार बाह्र्रबिसे
स्थनीय बिकाशमा कसैेले पनी अबरोध गर्न नहुने सबैले मिलेर बिकाश निर्माणमा सहयो गर्न   पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउँनु भएको  छ । उँहाले जिल्लाको बाह्र्बिसे नगरपालकिामा रहेको भोटेकोशी जलबिद्युत आयोजनामा भइरहेको समस्याका बारेमा स्थलगत अनुगमन गर्ने क्रममा यँहा  आइपूग्नु भए पछी स्थानीयबासीहरु सँग कुरा गर्दै उक्त कुरा बताउँनु भएको हो। जिल्लाको अती प्रभाबीत क्षेत्र मानीएको  भोटेकोशी गाँउपालीका हूदै चिनको सिमाना सम्मको    स्थितीका बारेमा अध्ययन अनुगमन गर्न आउँने क्रममा स्थानीय बिकाशका बारेमा र आयोजनाका कार्यलयमा भएका समस्याहरुका बारेमा समेत जानकारी लिनु भएको थियो ।


सो अबसरमा प्रजिअ अधिकारीले कानुनभन्दा माथी बसेर काम गर्न खोज्ने जो कोहीपनी कार्बाहीको भागीदार हुने हुँदा कानुनलाइ मानेर काम गर्न समेत सबैलाइ अनुरोध गर्नु भयो । बन्देउ देखी तातोपानीका सडकका छेउमा रहेका क्रसर  उद्योग लाइ मापदण्ड भन्दा बाहीर गएर कुनै पनी काम नगर्न निर्देशन दिदै नदी जन्य पदार्थको निकाशी पैठारी तथा उत्खनन गर्दा मापदण्ड र निती भँन्दा बाहीर गएर काम गर्ने जो कोहीलाइ पनी तत्काल कार्बाही गर्न निर्देशन भएको छ ।
स्थलगत अनुगमनमा शशस्त्र प्रहरी उपरिक्षक नारायण श्रेष्ठ, जनपथ प्रहरी सहीतका टोलीहरु  सँगलग्न रहेका थिए ।  प्रजिअ संँग जलबिद्युत आयोजनाले निर्माण गर्नलागेका सामाग्रीहरुको ब्यबस्थित हुन नसकेको खोलामा जथाभाबी माटो हालेर  सम्म पार्दा तथा जथाभाबी वाल लगाएर खोला थुन्ने काम गर्दा बस्ती नै जोखिममा पर्ने बताउँदै यसको रोकथामका लागी पहल गर्न स्थानीयले आग्रह गरेको  बाह्र्बिसे नगरपालीका वडा नं ७का वडाअध्यक्ष मिन बहादूर श्रेष्ठले बताउँनु भयो  ।
जलबिद्युत आयोजना सँग भएको छलफलमा कुनै निश्कर्स ननिस्केको  केन्द्रमा सोधेर मात्र निर्णय दिने भनेको हुँदा अर्काे छलफलबाट समस्यको समधान हुन सक्ने समेत वडाअध्यक्ष श्रेष्ठले बताउँनु भयो । यसै गरी प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्ग र प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेलको सरुवाभएको हल्ला सँगै खोलामा अनीयमित तरिकाले बालुवा निकालेर बिक्री बितरण गर्ने  केही ब्यक्तीहरुले मौकाको फाइदा उठाएका आबज आए सँगै यो अनुगमनले त्यस्तालाइ निरुत्साहीत गर्न मद्धत मिलेका छ।    रातीको समयमा बढी बालुवा तस्करी हुने भएकाले यस तर्फ प्रशासनले  ध्यान दिन पर्ने हुदा त्यस्ता तस्करीहरुको निगरानी राखेर नियन्त्रणमा लिएर आबश्यक कानुनी कार्बही गर्न समेत  प्रजिअ अधिकारी ले सम्बन्धीत क्षेत्रका प्रशाशनलाइ निर्देशन समेत दिनुभएको छ ।

, ,