बिहान आएको पहिरोले भिरकुनामा करिब ३० घर उच्च जोखिममा !


बाह्रबिसे नगरपालिका वडा न(४ भिरकुना ओख्रेनिमा आज बिहान ७स्३० बजे आएको पहिरोले ७ घर पुन क्षेती भएको छ भने केही गाई बाख्रा पुरिएको छ मानबिय क्षेती नभए तापनी करिब ३० घर पुर्ण जोखिम रहेको छ ।

भुकम्प पछि बाह्रबिसे न पा ३ को महादेब थान, छेपारे थला डाडामा केही भागहरु छुटिएको थियो र केही दिन अगाडि सामन्य आउन शुरु गरेको पहिरो आज बिहान धेरै ठूलो आवजमा गाउनै हल्लाउने गरि पहिले आवज आयो त्यस पछि पहिरो आएको थियो अहिले पहिरोबाट बिस्थापितहरु सुरक्षित स्थानमा अर्थात नजिकैको जङ्गलमा बसिरहेको र बल्ल तल्ल भुकम्पले भत्काइ पुननिर्माण गरिएको घर पहिरोले भत्काइ जङ्गलमा बस्नु पर्दा बृद्द अशक्त बालबालिका र महिलाहरुलाई सरकारी राहतको र सुरक्षाको आसमा समयब्यतित गर्नु परेको बाह्रबिसेबाट हिरा ब खड्काले लोकप्रीय समाचारलाई जानकारी दिनु भयो ।अहिले प्रमुख जिल्ला अधिकारी न पा प्रमुख र बाह्रबिसे इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बाह्रबिसेमा बैठक बसिरहेको र बैठक सकिए  पछी  निरिक्षणमा जाने जानकारी गराउनु भएको छ ।


,