सवारी आवतजावतमा सहजता बनाइँदै

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–तातोपानी जोड्ने क्षेतिग्रस्त पुलमा तत्काल ड्राईभर्सन निर्माण गरेर सवारी आवतजावतमा सहजता बनाइएको छ ।
बाह्रबिसेमा निम्तिएको बिपत्ति पछि उक्त क्षेत्रका सांसद अग्निप्रसाद सापकोटा, नेकपा स्थायी कमिटी सदस्य अमृतकुमार बोहरा, बाह्रविसे नगर प्रमुख निमफुन्जो शेर्पा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, प्रहरी प्रमुख मुकुन्द मरासिनि लगाएतको सहभागितामा भएको छलफलले सवारी आवतजावतमा सहजता बनाइएको हो ।
बाह्रबिसे साधिखोल्सा बाढी र पहिरो निरीक्षणपछि तत्काल डाईभर्सन निर्माण गर्ने र दीर्घकालिन समाधान खोज्न निर्णय भएपछि ड्राभर्सन निर्माण गरी सवारीसाधन समेतलाई आवतजावत गराइएको थियो ।
अविरल वर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिँदा बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको थियो । राजमार्गका पुल बगाएपछि बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको थियो ।


सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीका अनुसार तत्काललाई फड्के र ड्राइभर्सन राखेर  आवतजावतमा केही सहजता बनाइएको छ ।
उक्त फड्केबाट मानिसहरु आवतजावत गरीरहेका छन् । पुल बगाएपछि वेलिब्रिज निर्माण गर्ने प्रक्रिया सुरु गर्ने भन्ने विषयमा कुरा उठेपनि तत्काल ड्राईभर्सन मात्र निमार्ण गर्ने सहमति भएको छ । साथै केहिदिन झरी पर्दा डाईभर्सनबाट काम चलाईने र वर्षा रोकिएपछि तत्काल पुल निमार्ण सुरु गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।
यसैबिच हिलो पहिरो र धुलो आएमा तत्काल पन्छाउनका लागि बाह्रविसेमा २ स्काभेटर समेत तयारी अवस्थामा राखिएको  छ । शनिवार राति अविरल वर्षापछि साँधी खोलाको भल बाह्रबिसे बजारमा पसेको थियो । आहिले सडकमा गिर्खा, बालुवा र हिलोले क्षति पु¥याएको  स्थानमा  माटो र ढुङ्गाहरु पन्छाएर बजारलाई सफा पारिएको चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अशोक तिवारीले बताउँनुभयो ।
तत्कालै बेलिब्रीज प्रबन्ध गर्न नसकिने भएकाले अस्थायी ट्रयाक खोलेर सवारी आवतजावत गराइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ड्याम बनाएर पानीको बहाब कम गर्दै कुनातर्फबाट सडक बनाइनेछ, पानी नरोकिने अवस्था आएमा २१ मिटर लामो बेलिब्रीज हालिनेछ ।’
स्थानीयको गुनासो जायज रहेको र पुललाई चाँडै सञ्चालनमा ल्याउनको लागि आफूले गर्नसक्ने सम्पूर्ण पहलकदमी लिइरहेको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिनले बताउनुभयो । 
प्रमुख  प्रशाशकीय  अधिकृत प्रेम बहादुर देसारले नगर भित्र भएको क्षेती प्रती आफुलाइ दुख लागेको बताउँदै क्षतीको एकिन नभइ सकेको बताउनुभयो । नगर प्रमुख निमफुन्जे शेर्पाले नगरबासीहरुलाई परेको यस्तो आपत प्रति आफू ज्यादै चिन्तित रहेको बताउँदैे चाँडोभन्दा चाँडो समस्याको समाधान गरिनु जरुरी भएकाले यसको लागि सडक डिभिजनदेखि केन्द्रीय सरकारसँग समेत अनुरोध गरिरहेको बताउँनुभयो ।
यसैबीच नगरपालिका भित्र परेको विपतबाट भएका क्षतिहरुको विवरण आ–आफ्नो वडामा बुझाइदिनुहुन समेत नगरपालिकाले अनुरोध गरेको छ । वडा नं. ४ का वडा अध्यक्ष र सचिवले भीरकुना ओखरेनीदेखि बाह्रबिसेसम्म भएको भौतिक क्षतिहरुको विवरण बुझाउन समेत अनुरोध गरिएको बताउनुभएको छ ।                         

,