नेविसंघद्वारा विद्यार्थी सम्मानित

नेपाल विद्यार्थी संघ श्रीकृष्ण रत्नगंगा मावि इकाईले कक्षा ११ मा अध्यायन गरिरहेका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ को परीक्षामा संकाय प्रथम हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । हिजो कृष्ण रत्नगंगा माविको प्रांगणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 


सम्मानित हुने विद्यार्थीहरुमा विज्ञान संकायका राजकृष्ण सापकोटा, व्यवस्थापन संकायका निस्मा श्रेष्ठ, शिक्षा संकायका सृष्टि दंगाल, मानविकी संकायका श्री बहादुर श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई सम्मानपत्रका साथै नगद ५ सय, खादा र अविरले सम्मानित गरिएको नेपाल विद्यार्थी संघ श्री कृष्ण रत्नगंगा माविका सभापति गिरीराज कटुवालले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका सचिव तथा नेपाल विद्यार्थी संघको पूर्व जिल्ला सभापति  विलबहादुर तामाङले शिक्षामा गुणस्तरीय सुधारमा नेविसंघको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
त्यस्तै विशेष अतिथि नेवि संघको केन्द्रिय सदस्य पे्रमबहादुर शाहीले अहिले मुलुक जुनसुकै छेत्रमा बढिरहेको करले आक्रान्त रहेको र यसको न्यूनीकरणको लागी संघ लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै नेविसंघका जिल्ला अध्यक्ष दावाग्याल्वु लामाले नेपाल विद्यार्थी संघ रत्नगंगा मावि इकाईले गरिरहेको सकारात्मक कार्यहरूको खुलेर प्रशंसा गर्नुभयो । उहाँ सम्मानित विद्यार्थीलाई शुभकामनाका साथै उज्ववल भविष्यको कामना गर्नुभयो । अध्यक्ष लामाले आगामी दिनमा पनि विद्यार्थीहरुको लागि जुनसुकै ठाउँमा सहयोग गर्न नेविसंघ तयार रहेको जानकारी दिनुभयो । 

,