फरार तामाङ र चोरीको मोटरसाईकल पक्राउ

जिल्ला प्रहरी कार्यलय सिन्धु पाल्चोकले पछिल्लो समयमा फेरी आफनो सक्रियतालाइ तिब्रता दिएको छ । जिल्लाका नदीनाला र खोलाहरुको कुरुप भएको आबाज आइरहदा यस तर्फमा बिषेस चासो दिएर निगरानी शुरु गरे सँगै सादा पोसाकका प्रहरी हरुले बिभिन्न आरोपमा कार्बाही भोग्न बाँकी रहेर फरार रहेका तथा बिभिन्न अपराधमा सङ्गलगन रहेका हरुलाइ पक्राउ गरेर जिल्ला प्रहरीलाइ बुझाएका छन  ।  DKYCJKO5826,च्यासिस न. ःMDZA15EYZJCK06190  न. , हाल प्रयोग भएको न. वा ९२ प ८०९१ उल्लेख भएको मोटरसाईकल खरिद तथा विक्रि गर्ने तिन जना मानिसहरुलाई पक्राउ गरि महानगरिय प्रहरी वृत लैनचौर सोह्रखुट्टे काठमाण्डौमा पठाईएको छ । चोरीका मोटरसाईकलहरु जिल्लामा अरु पनि हुन सक्ने सुचना प्राप्त भएकोले विभिन्न प्रहरी कार्वाहीमा सकृयता बढाईएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले  जानकारी  दिनु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६४माघ १५ गतेको फैसलाले सरकारी कागजात दस्तखत किर्ते मुद्धामा कैद तोकीएको  १० महिना २३ दिन  कैद र जरिवाना रु ५०  तिर्न पर्नेमा उक्त सँजाय भोग्न बाँकी भई फरार भएका सिन्धुपाल्चोक मेलम्ची न.पा. ११ वस्ने वर्ष ६१ को राम वहादुर भन्ने तिर्थमान तामाङलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भाद्र ४ गते चौतारा साँगाचोक गढि न.पा.१२ स्थित बन्देउमा पक्राउ गरि  सिन्धुपाल्चोकमा जिल्ला अदालतमा दाखिला गरेको  छ । यसै गरी चोरीको मोटरसाईकल सहित मानिस पक्राउ  गरिएको छ । भदै २ गते  ईलाका प्रहरी कार्यालय वाह्रविसेवाट प्र.नि.यादव थापा क्षेत्रीको कमाण्डमा खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा कागजातहरु नभएका ईन्जिन न.

,