नगरपालिकाले गर्यो कर नलिने घोषणा
नेपालमा संघियता लागू भएर स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारले आफूखुसी लगाएका करहरु र बढाइएको दस्तुरहरुमा व्यापक विरोध आएपछि विभिन्न पालिकाहरुले कर घटाउने र पूर्ववत स्थितिमा राख्ने निर्णय गर्न थालेका छन् ।
नेपाली कांग्रेसले जितेका पालिकाहरुमा कर नबढाउन र जनताको प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा कर नलिन कांग्रेसले निर्देशन दिएसँगै नेकपाले जितेका निकायहरुमा पनि करमा फेरबदल हुन थालेको छ ।
सिन्धुपाल्चोक जिल्लास्थित १२ निकायहरु मध्ये चौतारा साँगाचोकगढी नगरपालिकाले प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयमा कर नलिने घोषणा गरेको छ ।
तर जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता र बसाई सराई दर्ता गर्न ३५ दिनभन्दा बढी नाघेमा ५० रुपैयाँ शुल्क लाग्ने सूचनामार्फत जानकारी दिइएको छ । त्यस्तै विजुली मिटर सिफारिस र खानेपानी धारा सिफारिसका लागि भने ५ सय रुपैयाँ र नागरिकता प्रतिलिपिका २५० रुपैयाँ लाग्ने बताइएको छ ।