सिपाको लिसखुंपार भयो ३नं प्रदेश कै पहिलो आभुशिसुपा ,
लोकप्रिय समचार दैनिकप्रदेश नं ३मा पर्ने सिन्धुपाल्चोक जिल्ला मा रहेको १२ वटा पालीका मध्य लिशखुंपाखर गाउँपालीका ३ नम्बर प्रदेशकै पहिलो आधारभुत शिक्षा सुनिश्चीत गाँउपालीका घोषणा भएको छ ।

बिहीबार एक समरोहका बिच प्रदेशको पहिलो र देश कै सातौ आधारभुत शिक्षा सुनिश्चीत पालीका घोषणा भएको हो । गाँउपालीकामा एक समारोहका बिच ३ नंमबर प्रदेशका सामाजिक बिकाश मन्त्री युबराज दुलालले आधारभुत शिक्षा सुनिश्चीतता पालीका घोषणा गर्नु भएको हो । कम्तीमा पनी बिद्यालय उमेरका चार बर्ष देखी तेह्र् बर्ष सम्मका बालबालीकाहरुलाइ बिद्यालयमा भर्ना गरिएको र त्यस्ता उमेरका कोही पनी बालबालीका नेपाली अक्षर लेख्न र पढ्न नजान्ने नागरिक गाँउपालीकामा नभएको र पालीकामा रहेका बिदालय उमेरका सबै नागरिकहरुले नेपाली अक्षर राम्रो सँग पढ्न र लेख्न सक्ने भएकाले यो घोषणा गरिएको पालीकाका प्रमुख कमल नेपालले लोकप्रिय समचार दैनिकलाइ जानकारी गराउँनु भयो । प्रदेश कै पहिलो सुनिश्चीतता पालीका घोषणा गरेर जिल्लालाइ थप पहिचानको रुपमा अगाडी बढाउँन सहयोग पुर्याएकोमा पालीकाको उक्त कार्य प्रती सबै पक्ष बाट प्रशंसा भएको सहभागीहरुले बताएका छन् । बिहिबार गरिएको घोषणा मा गाउँपालीका को क्षेत्र भित्र बसोबास गर्ने आधारभुत बिद्यालय उमेर समुहका सबै लाइ बिद्यालयमा भर्ना गरिउको र यस समुहका कुनै पनी मानीस बिद्यालय बाहीर नरहेको ब्यहोराको प्रमाण पत्र समेत जारी गरिएको छ ।---फोटो चित्रमिजारको फेसबुकबाट---