चौतारामा निकालियो लाल्टीन जुलुस

दिपक खत्री/चौतारा-नेपाल शिक्षक महासंघको आयोजनामा चौतारामा हिजो लाल्टीन जुलुस निकालिएको छ ।
चौतारा बहुमुखी क्याम्पसबाट सुरु भएको जुलुस टुडिखेल चोकमा आएर सभामा परिणत भएको हो ।

संबैधानिक शिक्षा आयोग गठन गर्नेुपर्ने , समय सापेक्ष तलव बृद्धि गर्नेु पर्ने , दश बर्ष नियमित सेवा प्रदान गर्ने शिक्षकको बढुवाको व्यवस्था गरिनु पर्ने , शिक्षक अस्पतालको निर्माण गर्नुपर्ने , महिला शिक्षकलाई ६ महिना प्रशुति विदा दिई सट्टा शिक्षकको व्यवस्थापन गर्नुपर्ने लगाएतको २६ शुत्रिय माग राखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुवराज गिरीले सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐन समग्र शिक्षा र शिक्षक विरोधि भएको बताउनु भयो । पछिल्लो चरणमा शैक्षिक क्षेत्र माथि अना आबश्यक हस्तक्षेप बढेको उहाको अरोप थियो । 


कोण सभालाई नेपाल रष्टिय शिक्षक संगठनका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक संघका अध्यक्ष तुलसी प्रसाद दंगाल र एकिकृत शिक्षक संगठनका अध्यक्ष निल प्रसाद सुबेदीले सम्बोधन गर्नु भएको थियो  ।

,
Lokpriyasamachar@. Powered by Blogger.