सीएमए संघको जिल्ला अधिवेशन सम्पन्न

नेपाल सीएमए संघ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन चौतारामा सम्पन्न शनिबार सम्पन्न भएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सीएमएका कर्मचारीहरुको संस्था संघको प्रथम अधिवेशनले ९ सदस्यीय कार्यसमिति र ४ सदस्यीय केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ ।

जसमा अध्यक्ष युवराज दाहाल, उपाध्यक्ष सरस्वती खनाल,  सचिव केदारनाथ दुलाल, सहसचिव सुनिता गुरुङ,  कोषाध्यक्ष पर्वत थापामगर,  सदस्यहरु रत्नेश्वर शाह, रुपा थापा, जितेन्द्र राउत, सुर्यप्रसाद घोडासैनी र केन्द्रिय प्रतिनिधिहरु भुपेन्द्र शाह, शोभा बुढाथोकी, विकाश अधिकारी, गौरीशंकर शाह रहनुभएको छ ।
सीएमए संघको केन्द्रीय उपाध्यक्ष पुस्करदत्त पनेरुको प्रमुख आतिथ्यतामा र केन्द्रीय सदस्य विन्दु प्रजापति, चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाका शिव पुरीको विषेश आतिथ्यतामा दुई सय भन्दा बढी जिल्लाभरी कार्यरत विभिन्न स्वास्थ्य संस्थाहरुको सीएमए कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
निर्वाचित अध्यक्ष दाहालले सिन्धुपाल्चोक जिल्लामा विभिन्न स्थानमा रहेर काम गरिरहेका सीएमए स्वास्थ्य कर्मचारीहरुको हकहित र रोजगारी संरक्षणको लागि सधैं लागिपर्ने बताउनुभयो । 

,