ब्लड क्यान्सर रोगी साइरसलाइ कतारबाट सहयोग


एकराज श्रेष्ठ लोकप्रिय समचार ब्लड क्यान्सर बोन म्यारो पिडित रोगी साइरस श्रेष्ठलाइ  केही  आर्थीक सहयोग उपलब्ध भएको छ । 

चौतारा साँगाचोकगढी  नगर पालीका वडा नं ९ का वडा अध्यक्ष्य बिष्णु लामाको  बिशेष सक्रियतामा कतारमा कार्यत नेपालीहरुले साठी हजार नगद सहयोग गरेका छन । उक्त सहयोग रकम वडाअध्यक्ष लामाले बिहीबार निजका हजुरबा  तथा सुर्य बहादुर श्रेष्ठलाइ  हस्तानन्तरण गर्नु भयो । आफ्नो वडा निबासी श्रेष्ठको उपचारका लागी  उँहाले अरुलाइ पनी बिशेष सहयोग गर्न  आग्रह गर्नु भएको छ ।  साइरस श्रेष्ठको जिवन रक्षाको लागी  भुम्लु गाउ पालिका वडा न ८ दोलालघाटका स्व राजाराम श्रेष्ठ तथा श्रीमति मिना देवी श्रेष्ठका एक मात्र सुपुत्र श्री रिकेश श्रेष्ठले ब्लड क्यान्सर बोन म्यारो पिडित साइरसको उपचार्थको निमित रु५,०००र( आर्थिक सहयोग गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गा पा ६ का श्री धुर्वराज भण्डारी सह(चालकबाट चालक र अनि चालक बाट अरनिको यातायात सेवा समितीको सुनकोशी यातायात बस बा२ख ६९४२ को मालिक बनेका भण्डारी ले श्रेष्ठको उपचारको निमित रु २०००र( आर्थिक सहयोग गर्नु भएको छ । त्यसै गरी  काभ्रे दोलालघाट जन्मथलो भै हाल काठमाण्डौ को शांखुमा कर्मथलो भएका बाबा स्वं राजाराम तथा मिना देवीकी जेठी सुपुत्री श्रीमति रोमिन श्रेष्ठ बाट क्यान्सर पिडित साइरस श्रेष्ठको उपचारको निमित रु१,५००र आर्थिक सहयोग गर्नु भएको छ।यसरी नै  साइरसको उपचारका लागी सहयोगी हातहरु अगाडी बढीरहेका छन भने साइरसका परिबारले पनी सहयोगीहरु प्रती आभारी बन्दै  सबैलाइ सकेको सहयोग गर्न अपिल गरेका छन ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.