चौतारामा पनी योग शिबीर शूरु

  लोकप्रिय समचार चौतार सिन्धुपाल्चोक
 चौतारा साँगाचोक गढी नगरपालीकाको आर्थीक सहयोग र प्रकृतीक योग पद्धती तथा आयोर्बैदीक योग बिज्ञान(पतन्जली) जिल्ला समिती सिन्धुपाल्चोकको आयोजनामा बुधबारबाट योग शिबीर शुरु  भएको छ ।



चौतारा सँँगाचोक गढी नगरपालीका स्थित शहिद स्मृती  भबनमा सात दिन सम्म चल्ने उक्त शिबिरको  उद्धघाटन जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले गर्नु भएको थियो। उँहाले द्धिप प्रज्वलन गरेर  उद्धघाटन गर्दै योगा भनेको जिबनको महन्वपुर्ण गहना हो यसको  हरेक पाइला पाइलामा महत्व हुन्छ , यो महत्वलाइ बुझेर अगाडी बढ्दा असफलता भनेको खोजेर पनी पाइदैन भन्नु भयो ।
उँहाले योग जिबनको लागी अति आबश्यकता चिज भएको र योगले नै मानीसलाइ सकारात्माक दिशामा अगाडी बढाउँने भएकाले  यसको ठुलो महत्व रहेको  हो भन्नु भयो ।उँहाले यसका लागी  जिल्ला सम्मन्वय समितीबाट गर्न सकिने  सहयोग गरिरहने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत इन्द्र बस्यालले  चौतारा साँगाचोकगढी नगरपालीकाले नगर भित्रका सबै नागरिकलाइ स्वास्थ्य र  आत्मानिर्भरता बनाउँदै  अगाडी बढाउँने निती लिएको रु यो नितमिा योगा पनी पर्ने भएकोले यसलाइ  प्रथमिकतामा राखेको बताउँनु भयो । उँहाले नगरपालीकाको  १४ वटै वडाहरुमा योगा शिबीर संञ्चालन गर्ने योजना रहेको बताउँदेै मानीस कुनै न कुनै प्रकारले योगामा रहेमात्र स्वस्थय हुने हुँदा यो प्रबृद्धी लाइ सदुपयोग गरेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।
 करिब १३०जना ले भाग लिएको उक्त योगामा पतन्जली समितीका ३ नं प्रदेशका संयोजक ग्रूवेन   तौजले र तिन नंम्बर प्रदेश कै  माहमन्त्री डीबी थापाले प्रशिक्षण दिनु भएको थियो कार्यक्रम पतन्जली जिल्ला समितीका अध्यक्ष कमल कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो  । बुधबार देखी बिहान ५३० बजे देखी ७ बजे सम्म नियमितरुपले एक हप्ता सम्म शिबीरचल्ने कुरा आयोजक पतन्जली समितीका महिला  जिल्ला प्रभारी गङ्गा घिमिरेले बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.